PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ला लिगा : मेसीले पेनाल्टी चुकाए पनि बार्सिलोनाले गर्‍यो ४ गोल



पहिलोपोस्ट

ला लिगा : मेसीले पेनाल्टी चुकाए पनि बार्सिलोनाले गर्‍यो ४ गोल

लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा डेपोर्टिभो ला कुरानालाई ४-० ले पराजित गरेको छ। लियोनल मेसी पेनाल्टीमा गोल गर्न चुकेपनि बार्सिलोनाका लागि लुइस सुवारेज र पाउलिन्होले २-२ गोल गर्दै सहज जित दिलाएका हुन्।

जितपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिकोमाथि ६ अंकको अग्रता बनाएको छ। १८ खेलबाट बार्साको ४२ अंक छ भने एथ्लेटिको ३६ अंकका साथ दोस्रोमा छ । ३४ अंकका साथ भ्यालेन्सिया तेस्रो स्थानमा छ।

यस्तै एक दिन अघि मात्र फिफा क्लब वर्ल्डकपको च्याम्पियन बनेको रियल र लेगानेसबीचको खेल पोस्टपोन्ड गरिएको छ। १५ खेलबाट ३१ अंक जोडेको रियल चौथो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell