PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टब्रोमलाज्ञ २-१ ले पराजित गरेको छ।

युनाइटेडका लागि रोमेलु लुकाकु र जेस लिनगार्डले पहिलो हाफमा गरेको गोल नै जितमा निर्णायक बन्यो। लुकाकुले २७औँ र लिनगार्डले ३५औँ मिनेटमा गोल गरेका थिए।

वेष्टब्रोमका लागि ७७औँ मिनेटमा गारेथ बेरीले एक गोल फर्काएपनि घरेलु टोलीको हार् टार्न सकेनन्।

जितपछि १८ खेलबाट ४१ अंक जोडेको युनाइटेडले तेस्रो स्थानको चेल्सीमाथि ३ अंकको अग्रता कायम गरेको छ तर युनाइटेड लिग लिडर म्यानचेष्टर सिटी भन्दा अझै ११ अंकले पछाडी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell