PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिरी ए : युभेन्ट्स दोस्रो स्थानमा उक्लियो, एसी मिलान पराजित



पहिलोपोस्ट

सिरी ए : युभेन्ट्स दोस्रो स्थानमा उक्लियो, एसी मिलान पराजित

साविक विजेता युभेन्ट्स इटालियन सिर ए को दोस्रो स्थानमा उक्लेको छ। आइतबार भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई ३-० ले पराजित गर्दै शीर्ष स्थानको नेपोलीसँग अंकदूरी १ मा झारेको छ।

युभेन्टसलाई जित दिलाउन मिरालेम पिजानिक, मारियो मान्डुकिच र ब्लइस मटौडीले एक एक गोल गरे।

जितपछि युभेन्ट्सले १७ खेलबाट ४१ अंक जोडेको छ। अंक तालिकामा शीर्ष तीन स्थानमा रहेका टोलीबीच १-१ अंकको मात्र फरक छ। समान खेलबाट ४२ अंक जोडेको नेपोली पहिलो स्थानमा छ भने इन्टर ४० अंकका साथ तेस्रोमा छ।

यता सिजनको सातौँ हार बेहोर्ने क्रममा एसी मिलान हेलास भेरोनासँग ३-० ले पराजित भएको छ। हेलास भेरोनाका लागि एन्टोनिओ कारासिओलो, मोएस केन र ड्यानिएब साले एक एक गोल गरे।

सुसोले इन्जुरी टाइमको पहिलो मिनेटमा सिधै रातो कार्ड खाएपछि मिलानले दश खेलाडीमा रहेर खलको अन्त्य गरेको थियो।

हारपछि १७ खेलबाट २४ अंक जोडेको मिलान सातौँ स्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell