PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रतिनिधि सभामा दुई तिहाईका लागि वाम गठबन्धनलाई १० सिट अपुग



प्रतिनिधि सभामा दुई तिहाईका लागि वाम गठबन्धनलाई १० सिट अपुग

काठमाडौँ : प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक दुवै गरी वाम गठबन्धन दुई तिहाई बहुमतको नजिक पुगेको छ। 

२७५ सिटको तल्लो सदन प्रतिनिधि सभामा दुई तिहाई बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। तर वाम गठबन्धनको कूल सिट १७४ मात्रै छ। 

संघीय संसदका दुवै सदनको दुई तिहाई बहुमतले संविधानका कुनै पनि धारा संशोधन वा खारेज गर्न सकिने संवैधानिक प्रावधान छ। 

प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकको ४१ सिट जोड्दा १२१ सिट पुर्‍याएर सबैभन्दा ठूलो दल बनेको छ। एकल बहुमतका लागि एमालेलाई १७ सिट अपुग छ। 

कांग्रेस प्रत्यक्षतर्फ २३ सिट मात्र जितेर तेस्रो पार्टी भए पनि समानुपातिकतर्फ जितेको ४० सिट जोडेर दोस्रो दल बन्न सफल भएको छ। २६५ सदस्यीय प्रतिनिधि सभामा कांग्रेसको कूल ६३ सिट रहनेछ। 

माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ जोडेर कूल संख्या ५३ पुर्‍याएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell