PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फोटो स्टुडियोमा नै बन्छ सवारी चालक अनुमतिपत्र 



पहिलोपोस्ट

फोटो स्टुडियोमा नै बन्छ सवारी चालक अनुमतिपत्र 
फाइल फोटो

काठमाडौ :  राजधानीमा बन्ने अधिकांश नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फोटो स्टुडियो र कम्युनिकेसन सेन्टरमा नै बन्ने गरेको तथ्य फेला परेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले गत शुक्रवार राजधानीका आठवटा फोटो स्टुडियोमा छापा मार्दा नक्कली लाइसेन्स सहित अन्य सरकारी कागजपत्र बनाउँदै गरेका बेला सात जनालाई पक्राउ गरेको छ। 

न्यू लुम्बिनी कम्युनिकेसन एण्ड डिजिटल फोटो स्टुडियो, राप्ती फोटो स्टुडियो, रचना फोटो स्टुडियो, स्याङ्जा तनहु कम्युनिकेसन, श्रेष्ठ कम्युनिकेसन, कल्की एयरपोर्ट स्टुडियो भित्र किर्ते कागजपत्र बन्ने गरेको प्रहरीले जनाएको छ। 

कीर्ते गरेको अभियोगमा टोलीले स्टुडियो संचालक टेकबहादुर बुढामगर, रामजीप्रसाद डिसी, विराज श्रेष्ठ, श्यामकुमार थापा मगर, हरिबहादुर शाही, हरेराम श्रेष्ठ र विश्वनाथ अधिकारीलाई पक्राउ गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell