PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कैलाली र बुटवलमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु



पहिलोपोस्ट

कैलाली र बुटवलमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

बुटवल :  बुटवलको हस्पिटल लाइनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।ना ७ ख  ६७२५ नम्बरको टिपरले लु ३१ प १४५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक नयाँ दिशा साप्ताहिकका बजार व्यवस्थापक दलबहादुर भण्डारीको मृत्यु भएको हो।

गोलपार्कबाट चौडाहातर्फ गइरहेको टिपरले हस्पिटल लाइनमा स्कुटरलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भण्डारीको जेनस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो। 

त्यस्तै, कैलालीको टीकापुरबाट धनगढी आइरहेको कर्णाली रिभर यातायातको से१ख ११९२ नम्बरको बस आज पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। 

विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरुको पद्मा अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–९को फाराम गाउँको एक कच्ची घरमा गएराति आगलागी हुँदा जलेर ७५ वर्षीया मन्धरा धामीको मृत्यु भएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell