PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि



पहिलोपोस्ट

नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

काठमाडौं : सिंगापुरलाई ७० रनले पराजित गर्दै नेपालले एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

फाइनलमा १८४ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई ११२ रनमा रोक्दै नेपालले च्याम्पियन बनेको हो।

त्यसअघि टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विशाल विक्रम केसीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो। जवाफमा सिंगापुर ३१.५ ओभरमा ११२ रनमा अलआउट भएको हो।

रित गौतमको अनुपस्थितिमा कप्तानीको जिम्वारी सम्महालेका विशालले ६३ रन जोडे। उनले ७९ बल खेल्दै ४ चौका र १ छक्का समेत प्रहार गरे। नेपाललाई सम्मानजनक स्कोर बनाउन विशालले नारायण जोशीसँग छैटौँ विकेटका लागि ३३ बलमा ४८ रनको साझेदारी गरे।

नेपालले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो।

नारायणले नटआउट ४६ रन को योगदान गरे। विष्फोटक ब्याटिङ गरेका नारायणले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

ओपनर कुशल मल्ल (०) तथा राजन मगर (३) रनमा आउट भएपछि सुरुमै नेपाललाई जड्का लागेको थियो। तर चौथो विकेटका लागि विशाल र सुवासले २६ रनको पार्टनरसिप गर्दै स्कोर उकास्न मद्दत गरे। विशाल सुनिल भण्डारीसँग मलेर पाँचौ विकेटका लागि ४२ रनको पार्टनरसिप गरे।

सुवास अएरले २२, तृतराज दासले १९ तथा सुनिल भण्डारीले १५ रन जोडे। सिंगापुरका इशान सानवेले २ विकेट लिए

सिंगापुरका लागि साइ हर्ष भेनुगोपालले सर्वाधिक ३१ रन बनाए भने अर्नव वाद्वाले २१ रन जोडे। सिंगापुरलाई अलआउट गर्न नेपालका सूर्य तामाङ र अजय कुमार लुनियाले ३-३ विकेट लिए।

तामाङले ७ ओभर बलिङ गर्दै १ मेडन राखेर २० रन खर्चे। यस्तै ५ ओभर बलिङ गरेका लुनियाले १६ रन मात्र दिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell