PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

म्याग्दीको काफल डाँडामा पहिरोले कालीगण्डकी नदी थुनियो, बेनी - जोमसोम सडक अवरुद्ध



म्याग्दीको काफल डाँडामा पहिरोले कालीगण्डकी नदी थुनियो, बेनी - जोमसोम सडक अवरुद्ध
फोटो : पत्रकार विष्णु शर्माको ट्विटरबाट

  • विष्णु शर्मा -
बेनी : म्याग्दी जोमसोम सडक खण्डको राम्चे काफल डाँडामा पहिरो जाँदा कालीगण्डकी नदी थुनिएको छ। पहिरोले नदी थुनिएपछि यसभन्दा तल रहेका बस्ती जोखिममा पर्नसक्ने भएकाले सुरक्षित रहन प्रहरीले माइकिङ थालेको छ।

मध्यरातमा भागाभाग

नदी थुनिएको खबरपछि मध्यरातदेखि बेनी बजारमा भागदौड सुरु भयो। बिहीबारदेखि झरेको पहिरोले बिस्तारै नदी थुनिएपछि पानी घट्नेक्रम बढ्यो। र करिबकरिब कालीगण्डकीको प्रवाह नै रोकियो।

नदी किनाराका मानिसहरु रातारात भागे भने जिल्ला कारागारबाट ९७ कैदीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। 'सबैभन्दा ठूलो त्रास भनेको जुनसुकै बेला पनि नदी फुट्न सक्ने भन्ने हो,' प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले भने।

सुरज केसीको फेसबुकमा रहेको यो भिडियो हेर्नुस्। आइतबार बिहान ६:३० बजेको हो यो भिडियो 
 
 

baisiri pahiro update kaligandaki thuniyer baneko taal 2072 jestha 10 bihan 6.30 baje

Posted by Suraj Kc on Saturday, May 23, 2015

मध्यरातमा मानिसहरु बालबालिका च्याप्दै अग्लो ठाउँतिर उक्लिएका छन्। प्रकृतिले पीडामाथि पीडा थपिरहेको यहाँ प्रष्ट देखिन्थ्यो।
 
बेनीबाट ६ किलोमिटर दुरीमा सुख्खा पहिरो गएको हो। गत वैशाख १२ गतेको भूकम्पले नदीबाट करिब १ हजार ५ सय मिटर माथि डाँडा नै चिरा पारेको थियो। त्यही झरेर अहिले नदी थुनेको हो। थुनिएपछि पानीको सतह १ सय पचास मिटर मिटर गहिरो बनेको प्रहरीले बताएको छ। बिजुलीका पोलहरुसमेत पानीभित्र डुबेका छन्।

उडेको धुलोले केही पनि देख्न सकिने अवस्था छैन। हिजै त्यहाँ नजिकैको २५ घर बिस्थापित भइसकेका छन्। डिएसपी हिराबहादुर गिरीका अनुसार ताल बढ्नेक्रम जारी छ सडक र बिजुलीका पोलसमेत डुवानमा परेका छन्।

काठमाडौंबाट पुगेन सहयोग

थुनिएको नदी खोल्ने उपकरण अभावले जोखिम थप बढेको छ। प्रमुख जिल्ला अधिकारी केसीले सहयोगका लागि केन्द्रसँग समन्वय गरिरहेको भए पनि केन्द्रबाट पर्याप्त सहयोग पुगेको छैन। थुनिएको नदी खोल्ने उपकरण छैन। जोखिम म्याग्दी, पर्वत र वाग्लुङमात्र होइन पाल्पा र स्याङ्जामा समेत उत्तिकै पर्ने देखिन्छ। यी सबै जिल्लाका नदी किनारका मानिसलाई सुरक्षित रहन सुरक्षा निकायले माइकिङ गरिरहेको छ।

म्याग्दीको वेनीबाट जोमसोम जाने बाटो अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। पहिरोले नदी थुनिएका कारण कालीगण्डकीमा पानीको सतह निक्कै घटेको छ। नेपाली सेनाले नदी किनाराका मानिसलाई अग्लो स्थानतिर जान भनेको छ। सेनाले बेनीका मानिसलाई अर्थुंगे डाँडातिर उक्लन भनेको छ। स्थानीय बालबच्चा च्यापेर र सामान लिएर उकालो लाग्दैछन्। 

कालीगण्डकी थुनिएपछि ७ जिल्लाका नदी तटीय वस्ती जोखिममा पर्न सक्छन्। सुरक्षा निकाय पहिरो गएको स्थानतिर परिचालित भइसकेको छ। नदी थुनिएकाले करिब १ किलोमिटर लामो ताल बनिसकेको छ। साँघुरो गल्छीजस्तो स्थानमा पहिरोले नदी छेकेका कारण जोखिम बढेको छ।


नदीमा ५ प्रतिशतमात्र पानी बग्यो

मुस्ताङ हुँदै आउने कालीगण्डकी नदीले म्याग्दी, पर्वत र वाग्लुङ जिल्लाका नदी किनाराका बस्तीलाई सबैभन्दा बढी प्रभाव पार्छ। यी मध्ये म्याग्दी र पर्वत दुवैका प्रमुख बजार नदी किनारामै छन्। भीर बढी भएकाले वाग्लुङ तुलनात्मक रुपमा कम प्रभावित छ।

'अहिले नदीमा ५ प्रतिशतमात्र पानी बहेको देखिन्छ,' वाग्लुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले पहिलोपोस्टसँग भने, 'सेना र प्रहरी परिचालन गरेर नदी किनाराका बस्तीबाट सुरक्षित स्थानमा जान भनिसकेका छौं।'


यी हुन जोखिमका ठाउँ

वेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दानालगायत ठाउँमा डुबानको खतरा रहेको छ।
 
गलेश्वर, बेनी, पर्वत बगर, पर्वत बेनीलगायत बागलुङ, पर्वत, स्याङ्जालगायत कालीगण्डकीको तटीय क्षेत्रमा पर्ने बस्ती जोखिममा रहेका छन्
धाइरिनको मिलनचोकबजार, पाङ गाविसको मालढुङ्गा बजार, रानीपानी गाविसको इमिचौर तथा पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको सेतीबेणी बजार उच्च जोखिममा छन्।
 
म्याग्दीको पुर्तिघाटबजार र  कालीगण्डकीको बाँधस्थल स्याङ्जाको मिर्मी पनि उच्च जोखिममा छन्।  जिल्ला प्रहरी कार्यालय पर्वतले माइकिङ गर्दै किनाराबाट ५०० मिटर माथि जान आग्रह स्थानीय बासिन्दालाई आग्रह गरिरहेको छ


मुस्ताङमा पनि अलर्ट 

भू बनोटका आधारमा नदी थुनिएको स्थान र त्यसभन्दा माथि रहेको मुस्ताङबीच खासै अन्तर छैन। वैशाख १२ गतेको भूकम्पको झड्का यहाँ पनि महसुस भएको थियो। तर क्षति भने वैशाख १५ गतेपछि मुस्ताङले बेहोर्‍यो। यहाँ ठाउँ ठाउँमा चिरा परेका छन्। यसले पहिरोको जोखिम थप बढाएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालका अनुसार सिंगो डाँडो नै खसेकाले ठूलै ताल बनेको छ। 'प्रभावित जिल्ला नभए पनि हामी त्यसको असर यहाँसम्मै पर्नेमा सचेत छौं,' उनले भने।

बरालका अनुसार थुनिएर बनेको तालले बेनी-जोमसोम सडक नै डुब्ने अवस्थामा पुगेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell