PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलम्पियामा 'कविता उत्सव' सम्पन्न



पहिलोपोस्ट

ओलम्पियामा 'कविता उत्सव' सम्पन्न

काठमाडौं: ‘कविता उत्सव: ओलम्पिया पोइट्री स्ल्याम’ सम्पन्न भएको छI देशभरका बाह्र कविले वाचन गरेका अठार कविताहरुबाट उत्कृष्ट तीन कवि विजेता घोषित भए।

ओलम्पिया वर्ल्ड स्कूलको आयोजनामा आइतबार भएको प्रतियोगितामा प्रकाश चन्द्र जिम्बा,प्रज्वल अधिकारी र शुभाषिस पराजुली ३ विजेता ठहरिएका हुन्। तीनै विजेताले नगद पुरस्कारसहित स्मार्ट फोन र प्रमाणपत्र प्रदान गरिएको थियो। 

कवि तथा गीतकार दिनेश अधिकारी, कलाकार रविन्द्र सिंह बानिया, कवि समिप ढुंगेल, कवि सुदेश सत्याल र कलाकार रोजिता बुद्धाचार्य प्रतियोगिताको निर्णायक रहेका थिए।

'कविता मनाऔँ' भन्ने उदेश्यका साथ सम्पन्न कार्यक्रमको संयोजन नवराज पराजुलीले गरेका थिए|

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell