PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सोलुखुम्बुको सोलुदूधकुण्डमा आगलागीबाट ७० लाख बराबरको क्षति



पहिलोपोस्ट

सोलुखुम्बुको सोलुदूधकुण्डमा आगलागीबाट ७० लाख बराबरको क्षति

सोलुखुम्बु :  सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय तेण्डी शेर्पाको घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट एक लाख ५० हजार नगदसहित शेर्पाको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदीलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। 

अपराह्न चिया पकाएर घरमा भएका मानिस मेलामा गएको समयमा ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell