PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

बधाई दिन पुगेका राजेश हमाललाई ओलीले भने–मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन



पहिलोपोस्ट

बधाई दिन पुगेका राजेश हमाललाई ओलीले भने–मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन

काठमाडौ :  अभिनेता राजेश हमालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्।वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा त्यसका नेतृत्वकर्ता एमाले अध्यक्ष ओलीलाई अभिनेता हमालले भक्तपुरको बालकोटस्थित निवासमा पुगेर बधाई दिएका हुन्। 

हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता,शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिए।

हमालले अध्यक्ष ओलीको  राष्ट्रियताको अडानले आमनेपाली उत्साहित भएको बताए। अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए। ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्वक निर्वाह गर्नेछु’ ओलीले भने ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन।’

ओलीले चलचित्रका हिरोहरुले चलचित्रमा अभिनय मात्र नभई  देश बनाउनका लागि भूमिका निवार्ह गर्नुपर्ने सुझाव दिएका थिए। ‘देश निर्माणका लागि अभिनय मात्र होइन तपाईंहरुबाट साँच्चीकै सहयोगको अपेक्षा गरिएको छ’ हमाललाई ओलीले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell