PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खुल्यो तुलसी मदर एन्ड चाइल्ड अस्पतालः सुत्केरी र नवजात शिशुको उपचार अब एउटै छानामुनि



अनन्तराज न्यौपाने

खुल्यो तुलसी मदर एन्ड चाइल्ड अस्पतालः सुत्केरी र नवजात शिशुको उपचार अब एउटै छानामुनि

विराटनगर : न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टकी आमाको मृत्यु सुत्केरी अवस्थामै २०३८ सालमा भएको थियो।

उपचार अभावमा कोशी अञ्चल अस्पतालमा १३ दिनको सुत्केरी अवस्थामा मृत्युवरण गरेकी उनै आमा तुलसादेवी बस्नेतका नाममा छोरी कार्यकारी निर्देशक अनिशाले अस्पताल खोलेकी छन्।

तुलसा मदर एन्ड चाइल्ड अस्पतालको एउटै छानामुनि अब सुत्केरी र नवजात शिशुको उपचार हुने भएको छ ।शुक्रबारदेखि सञ्चालनमा आएको अस्पतालमा ५० शय्या छन् । 

अस्पतालमा अत्याधुनिक आइसियु, एनआइसियु, पिआइसियु, नर्मल डेलिभरी, पेनलेस डेलिभरी, इन्क्युबेटर, रेडियोलोजी, प्याथोलोजी, टेस्ट ट्युब बेबी सेवा, अपरेसन थिएटर लगायतका सुविधा रहेको निर्देशक विष्टले बताइन्।

निर्देशक विष्टका डाक्टर पति वीरेन्द्रकुमार विष्टको विराटनगर महानगरपालिका वडा नंं. ९ स्थित आफ्नै पुख्र्यौली घरजग्गामा ७ करोडको लगानीमा अस्पतालको निर्माण गरिएको हो।

पूर्वाञ्चल क्षेत्रका सबै भाग र छिमेकी भारतको विहार राज्यबाट समेत बिरामी आउने अनिशाको अपेक्षा छ।

सुत्केरी आमा र नवजात शिशुको सघन एवम् सामान्य उपचार गरिने अस्पताल पूर्वाञ्चलमा पहिलो पटक स्थापना गरेको उनको दाबी छ।

डाक्टर वीरेन्द्रकुमार र अनिशाको नेतृत्व र निर्देशनमा विराटनगरमा १७ वर्षदेखि न्युरो अस्पताल सञ्चालित छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell