PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पाकिस्तानका विपक्षी नेता इमरान खान विरुद्धको मुद्धा खारेज



पहिलोपोस्ट

पाकिस्तानका विपक्षी नेता इमरान खान विरुद्धको मुद्धा खारेज
फोटो श्रोतः dawn.com

इस्लामावादः पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तानका विपक्षी दलका नेता इमरान खान विरुद्ध लागेको मुद्धा खारेज गरिदिएको छ । 

पूर्व क्रिकेट खेलाडीसमेत रहेका खानका विरुद्धमा घुस लिएर भ्रष्टाचार गरेको अभियोगसहित मुद्धा दर्ता भएको थियो। 

पूर्व प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको मुद्धा लगाएर बर्खास्त गरिएको केही महिनापछि प्रतिपक्षी दलका नेता इमरानलाई पनि आम निर्वाचन आउन एक वर्ष अगाडि मुद्धा लगाइएको थियो। 

उनले अवैधानिक रूपमा सम्पत्ति कमाएको अभियोग सहितको मुद्धा यसअघि खेपिसकेका छन्। राजनीतिक पुर्वाग्रहका कारण उनीविरुद्ध मुद्धा लगाइएको भन्दै अदालतले उनको मुद्धा खारेज गरिदिएको हो। 

उनले आफ्नो सम्पत्ति क्रिकेटको अत्यधिक प्रसिद्ध विश्वकपको खेलाडीका हैसियतमा कमाएको भन्ने पुष्टि आधिकारिक कागजपत्रहरु मार्फत् गराएपछि मुद्धा खारेज भएको अदालतको जनाएको छ। 

प्रधान न्यायाधिश मियाँ सकिब निसारले उनीमाथि प्रतिशोधापूर्ण तरिकाले मुद्धा लगाएको देखिएको र सवै सम्पत्तिको आम्दानीको श्रोत पनि खुलेकाले मुद्धा खारेज गरिएको जानकारी दिए। 
अदालतले निर्णय सुनाएपछि पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिँदै विपक्षी नेता खानले आफूलाई अदालतले निर्दोष ठहर गरेको बताए। 

पाकिस्तानमा ठूला नेताहरूले भ्रष्टाचार गरेका घटनाहरु समय समयमा सार्वजनिक हुने र कारबाही पनि हुने गरेको छ । रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell