PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रत्यक्ष निर्वाचनको पपुलर भोटमा एमालेभन्दा कांग्रेस ५ लाखले अगाडि



प्रत्यक्ष निर्वाचनको पपुलर भोटमा एमालेभन्दा कांग्रेस ५ लाखले अगाडि

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणाली र समानुपातिक दुवैमा एमालेले अग्रता कायम गरेको छ। प्रत्यक्षतर्फ कांग्रेस २३ सिटमात्र जितेर तेस्रो स्थानमा खुम्चिएको छ। 

२३ सिटमा मात्र विजयी भए पनि प्रत्यक्षतर्फको पपुलर भोटमा भने एमालेभन्दा कांग्रेस ५ लाखले अगाडि छ। 

कांग्रेस उम्मेदवारहरुले देशभरबाट ३५ लाख ७४ हजार भोट पाउँदा एमालेका उम्मेदवारहरुले ३० लाख ८२ हजारमात्रै पाएका छन्। देशभरको कूल सदर मतको यो ३५.८ र ३०.८ प्रतिशत हो। 

माओवादी केन्द्रका उम्मेदवारहरुले भने १४ लाख ९८ हजार भोट पाएका छन्।  यो कूल सदर मतको १५ प्रतिशत हो। 

 

किन यस्तो भयो?

नेपाली कांग्रेसले देशभर १५४ उम्मेदवार उठाएको थियो। जबकि एमाले र माओवादी केन्द्रबीच तालमेल भएका कारण एमालेले १०३ र माओवादीले ५९ ठाउँमा मात्र उम्मेदवारी दिएको थियो। एमाले उम्मेदवार नभएको ठाउँमा एमाले कार्यकर्ताले माओवादीलाई र माओवादी उम्मेदवार नभएको ठाउँमा माओवादी कार्यकर्ताहरुले एमाले उम्मेदवारलाई भोट हालेका थिए। 

अरु दलको कति भोट?

प्रत्यक्ष निर्वाचनतर्फ कम्तिमा एक सिट जित्ने दलका उम्मेदवाहरुले देशभरबाट ल्याएको भोट यस्तो छ-

राजपा नेपाल - ४ लाख ३६ हजार ९३७
फोरम नेपाल- ५ लाख २७ हजार ९३१
नयाँ शक्ति नेपाल- ८३ हजार ९६३
नेमकिपा- ५२ हजार ५५६ 
राप्रपा ७३ हजार ७०४
राष्ट्रिय जनमोर्चा ७० हजार ७१४
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell