PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश ३ मा एमालेको एकल बहुमतः समानुपातिकमा एमाले १६, कांग्रेस १४ र विवेकशीललाई ३ सिट



पहिलोपोस्ट

प्रदेश ३ मा एमालेको एकल बहुमतः समानुपातिकमा एमाले १६, कांग्रेस १४ र विवेकशीललाई ३ सिट

काठमाडौँ: समानुपातिक निर्वाचन अन्तर्गत प्रदेश ३ को मतगणना सकिएको छ। अन्तिम मतपरिणाम अनुसार प्रदेश ३ मा समानुपातिकमा एमालेले सबैभन्दा बढी मत ल्याएको छ। एमालेले प्रत्यक्ष र समानुपातिक गरी प्रदेश ३ मा एकल बहुमत प्राप्त गरेको छ।

अन्तिम मतपरिणाम अनुसार एमालेले ६ लाख ६५ हजार २४९, कांग्रेस ५ लाख ४९ हजार ५०४, माओवादीले ३ लाख १२ हजार ९७, विवेकशील साझाले १ लाख १७ हजार १३९, राप्रपाले ५८ हजार १६३ र अन्य दलले १ लाख ५० हजार ९१४ मत पाएका छन्। 

 
मत विभाजक सूत्र अनुसार प्रदेश सभाका लागि तोकिएको एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाउने दलमध्ये एमालेले सबैभन्दा बढी १६ सिट पाउनेछ। यस्तै, कांग्रेसले १४, माओवादी केन्द्र ८, विवेकशील साझाले ३, राप्रपा प्रजातान्त्रिकले १, राप्रपाले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट पाउने भएका छन्। प्रदेश सभा सदस्य निर्वाचन एेन अनुसार समानुपातिक  सिट पाउन एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड पार गर्नु पर्छ। 

प्रदेश ३ मा प्रत्यक्षतर्फ एमालेले ४२, कांग्रेसले ७ र माओवादीले १५ तथा नेमकिपा र नयाँ शक्तिले १, १ सिट जितेको छ। प्रदेश ३ मा सरकार बनाउन ५६ सिट आवश्यक हुन्छ। एमाले एक्लै प्रत्यक्ष र समानुपातिक गरी ५८ सिट छ। 

समानुपातिकतर्फ अब प्रदेश १, २, ६ र ७ का ६ वटा निर्वाचन क्षेत्रमा गणना जारी छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell