PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

समानुपातिक मतगणनाः चार जिल्लाको गणना बाँकी, पाँच दलले मात्र कटाए थ्रेसहोल्ड



पहिलोपोस्ट

समानुपातिक मतगणनाः चार जिल्लाको गणना बाँकी, पाँच दलले मात्र कटाए थ्रेसहोल्ड

काठमाडौँ: प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना कार्य सकिएको छ। ४ जिल्लामा मतगणना जारी छ। 

मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नम्बर २ र ३, सर्लाहीको क्षेत्र नम्बर २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नम्बर १ को मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म एमाले ३० लाख ४ हजार ७२२ मतसहित पहिलो स्थानमा छ। यस्तै, नेपाली कांग्रेसले २९ लाख ३१ हजार ६९२ मत पाएको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको १२ लाख ५ हजार २९१ मत छ। संघीय समाजवादी फोरमले ४ लाख २५ हजार ५८८ मत पाएको छ। राजपाले ३ लाख ९७ हजार ८३ मत पाएको छ। अन्य दलहरु सदर मतको थ्रेसहोल्ड कटाउनका लागि संघर्षरत छन्। मतगणना अन्तिम चरणमा पुग्दा पाँच दलमात्र थ्रेसहोल्डभित्र सुरक्षित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell