PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सकियो, ‘पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित’



पहिलोपोस्ट

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सकियो, ‘पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित’

काठमाडौं: मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना सकिएको छ। १७ जिल्लामा मतगणना भइरहेको छ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखामा बिहीबार बिहान १० बजेसम्म प्राप्त विवरण अनुसार ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ।

प्राप्त मतपरिणाम अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली कांग्रेसले २५ लाख ४६ हजार ६९, माओवादी केन्द्रले १० लाख ४५ हजार ४४६, संघीय समाजवादी फोरम नेपालले ३ लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी, नेपालले २ लाख ९५ हजार ४४८,

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले १ लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी, नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टी ५० हजार ४०१ र अन्य अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा धनुषा, सप्तरी, सर्लाही, महोत्तरी प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा अर्घाखाँची र प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली, कञ्चनपुर र डोटी छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना बुधबार नै सम्पन्न भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell