PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

समानुपातिक अपडेट : एमालेको अग्रता कायमै तर मतप्रतिशत घट्दो क्रममा, पाँच दलले सिट पाउने



समानुपातिक अपडेट : एमालेको अग्रता कायमै तर मतप्रतिशत घट्दो क्रममा, पाँच दलले सिट पाउने

काठमाडौँ : बुधबार मध्यरात १२ बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ ७१ लाख ३५ हजार ६७७ मतगणना भइसक्दा तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर सिट पाउने दलहरुमा प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीसँगै दुई मधेसवादी दलहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल देखिएको छ।

प्रदेश नम्बर २ को मतगणना अघि बढिरहेको हुँदा पछिल्लो अपडेटमा राजपा र फोरमको मत प्रतिशत बढेको छ। कांग्रेसको पनि मत प्रतिशत अघिल्लो अपडेटमा भन्दा बढेको छ तर एमालेको घटेको छ। तर पनि एमालेको अग्रता भने कायमै छ। 

तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। तीन प्रतिशत मत पुर्‍याउन राप्रपा र विवेकशील साझा पनि संघर्षरत छ। 

यही अन्तिम परिणाम भएको भए एमालेले समानुपातिकबाट ४२ सिट पाउँथ्यो भने कांग्रेसले ४१ सिट पाउँथ्यो। 

माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम १३.५ प्रतिशतमात्रै छ। माओवादीले यही अन्तिम परिणाम भएको भए १६ सिट पाउँथ्यो। फोरमले ४.८ प्रतिशत मत पाएको हुनाले ६ सिट पाउनेछ भने राजपाले ३.८ प्रतिशत मत पाएको हुनाले ५ सिट पाउनेछ। थप मतगणनासँगै पाएको मतका आधारमा यो सिट संख्या हेरफेर हुनेछ। अरु कुनै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाए ठूला दलले पाउने सिटको संख्या कम हुँदै जानेछ। 

यस पटक प्रतिनिधि सभामा ११० सिट समानुपातिकका लागि छुट्याइएको छ।  

कसले कति मत ल्याए?
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell