PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रिमियर लिग : चेल्सी विजयी, बर्नली चौथो स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी विजयी, बर्नली चौथो स्थानमा

प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा चेल्सी, बर्नली र क्रिस्टल प्यालेस विजयी भएका छन्।

चेल्सीले हडर्शफिल्ड टाउनलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ। तर एक खेल कम खेलेको युनाइटेड गोल अन्तरमा अगाडी छ र दोस्रो स्थानमा छ। १७ खेलबाट चेल्सीले युनाइटेड समान ३५ अंक जोडेको हो। १६ खेलबाट ४६ अंक झो८को म्यानचेष्टर सिटी शीर्ष स्थानमा आसिन छ।

चेल्सीलाई जित दिलाउन टिमोउ बाकायाको, विलियन र पेड्रोले एक एङ्क गोल गरे। हडर्शफिल्डका लागि लरेन्ट डेपोएरेले एक गोल फर्काए।

यता बर्नली स्टोक सिटीलाई १-० ले पराजित गर्दै चौथो स्थानमा उक्लन सफल भएको छ। घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन एक मात्र गोल एस्ले बार्नेसले गरे।

जितपछि बर्नीले १७ खेलबाट ३१ अंक जोडेको छ भने अंक तालिकामा लिभरपुल, आर्सनल, टोटनहम जस्ता टोलीलाई पछि पारेको छ। एक खेल कम खेलेका लिभरपुल (३०), आर्सनल (२९) र टोटनहम (२८) क्रमश: पाँचौ छैटौँ र सातौँ स्थानमा छन्।

अर्को खेलमा क्रिस्टल प्यालेसले वार्टफोर्डलाई २-१ ले हरायो। खेलमा वार्टफोर्डले पहिले अग्रता लिएको थियो। तर टम क्लेभरली रातो कार्ड खादै मैदान बाहिरिएपछि प्यालेले अन्तिम ३ मिनेटको अन्तिममा २ गोल गर्दै ३ अंक जोडेको हो। प्यालेसलाई जिताउन बाकारी साको र जेम्स म्याआर्थरले गोल गरे।

सिजनको तेस्रो जितपछि १७ खेलबाट १४ अंक जोडेको प्यालेस रेलिगेशन क्षेत्र छाड्दै १७औँ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell