PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२५ लाखको चिट्ठा परेको फोन आएको छ? सावधान, ठगिनु होला !



सविन ढकाल

२५ लाखको चिट्ठा परेको फोन आएको छ? सावधान, ठगिनु होला !

काठमाडौं : अफिस पुग्ने हतारोमा थियौं सागर बुढाथोकी र म। त्यहीबेला सागरको मोबाइलमा रिङ बज्यो। 

अविनाश कलिङ। 

सागरलाई याद छ - अविनाश नाम गरेको कोही साथी थिएनन्। उसले आफ्नो मोबाइलमा अविनाश नाम राखेर नम्बर सेभ गरेको पनि याद छैन।

'बधाई छ भाइजान तपाईँलाई,' भारतीय मूलका युवकले फोनमा भने। 

सागर छक्क परे। बधाई केको लागि दिएको भनेर। 

उतैबाट युवकले फेरि भने, 'तपाईँलाई लक्की ड्र मार्फत २५ लाख रुपैयाँ परेको छ। जनता बैकको एकाउन्टमा जम्मा भएको छ। म बैक एकाउन्ट नम्बर तपाईँको मोबाइल नम्बरमा पठाइदिन्छु।'

'तपाईँको पैसा तपाई नै राख्नुहोला,' सागरले फोनबाट जवाफ दिए। 

सागरले समाचारबाटै थाहा पाएको थियो - चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गिरोह सक्रिय छ। सागरसँगै भएकाले मलाई थप जिज्ञासा लाग्यो। फोन मागेँ। 

सागरले बोल्दै गरेको मोबाइल तानेरै सोधेँ, 'तपाईँ कहाँबाट?'  

'काठमाडौं,' भारतीय लवजमा नै उताबाट जवाफ आयो। 

मलाई यस्ता गिरोह सक्रिय भएको थाहा थियो। तर गिरोहले कसरी कहाँबाट ठगी गर्छन् भन्ने जान्नु थियो। 

मैले थप प्रश्न गरेँ, 'काठमाडौं कहाँ? तपाईँको हेड अफिस कहाँ हो? हामी भेट्न सक्छौं? जनता बैकको हेड अफिस कहाँ छ थाहा छ?' 
यति प्रश्न गरेपछि उसले तपाईँलाई पैसा चाहिएको रहेनछ भन्दै फोन काट्यो। साथी सागर सम्भावित ठगीबाट जोगिए।

पत्रकारका नाताले हामीले जे भोग्यौं त्यसबाट धेरै झुक्किने रहेछन्।


चिठ्ठा ठगी भाइरल बन्दै

हामीलाई जस्तै चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने खोज्नेहरु बढेको गएको प्रहरीले बताएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगिएको भन्दै दैनिक १ देखि ३ जनासम्मले उजुरी गर्ने गरेको महाशाखाका एसपी उमाशंकर पंजियारले बताए। शुरुमा २५ लाख रुपैयाँको लोभ देखाउने अनि पछि विभिन्न बहान देखाएर २५ हजार देखि ३ लाखसम्म पैसा पठाउन लगाउने गरेको एसपी पंजियारले बताए। यसरी ठगी गर्ने गिरोहमा भारतीय, पाकिस्तानी नागरिक रहेका छन्। एसपी पजियार यस्ता लोभपूर्ण म्यासेज र कलको पछि लागेर अपरिचत व्यक्तिलाई पैसा नपठाउन अनुरोध गर्छन्।

बैकले जारी गर्‍यो सूचना

चिठ्ठा ठगीको विषयलाई लिएर जनता बैकले सेवाग्रहीमा सूचना समेत जारी गरेको छ। जनता बैकमा सम्पर्क गर्नुहोला र रकम जम्मा गरी डिपोजिट स्लिप पठाउनुहोला भन्ने जानकारी भएकाले यसमा बैक र कर्मचारीको कुनै संलग्नता नभएको र यस्ता सूचनाको विश्वास नगर्न समेत अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell