PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

समानुपातिक अपडेट : पाँच दल राष्ट्रिय पार्टी बन्ने बाटोमा, विवेकशील र राप्रपा संघर्ष गर्दै



समानुपातिक अपडेट : पाँच दल राष्ट्रिय पार्टी बन्ने बाटोमा, विवेकशील र राप्रपा संघर्ष गर्दै

काठमाडौँ : बुधबार दिउँसो साढे ४ बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ आधाभन्दा बढी मतगणना भइसक्दा तीन प्रतिशतको थ्रेसहोल्ड प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीसँगै दुई मधेसवादी दलहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्र कटाउन सकेको छ। पछिल्लो अपडेटमा राजपाको मत प्रतिशत बढेको छ।

तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। तीन प्रतिशत मत पुर्‍याउन राप्रपा र विवेकशील साझा पनि संघर्षरत छ। यी दलहरुले २.३ प्रतिशत मत ल्याएका छन्। विवेकशील साझाले काठमाडौँ रहेको प्रदेश ३ बाट राम्रो मत ल्याएको थियो। पछिल्लो अपडेटमा यो दलले पाउने भोट प्रतिशतको दर कम भएको छ।   

समानुपातिकतर्फको मतमा दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ। पछिल्लो अपडेटभन्दा एमालेको मत प्रतिशत धेरै घटेको छ भने कांग्रेसको त्यस तुलनामा कम घटेको छ। 

कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा ६३ लाख ४८ हजार ८  मत गन्दा एमालेले सबैभन्दा बढी ३४.७ प्रतिशत मत ल्याएको छ। नेपाली का‌ंग्रेसले भने ३३.३ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ। 

यही अन्तिम परिणाम भएको भए एमालेले समानुपातिकबाट ४३ सिट पाउँथ्यो भने कांग्रेसले ४१ सिट पाउँथ्यो। 

माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम १३.६ प्रतिशतमात्रै छ। माओवादीले यही अन्तिम परिणाम भएको भए १७ सिट पाउँथ्यो। फोरमले ४.३ प्रतिशत मत पाएको हुनाले ५ सिट पाउनेछ भने राजपाले भर्खर ३ प्रतिशतको थ्रेसहोल्ड कटाएको हुनाले ४ सिट पाउनेछ। थप मतगणनासँगै पाएको मतका आधारमा यो सिट संख्या हेरफेर हुनेछ। अरु कुनै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाए ठूला दलले पाउने सिटको संख्या कम हुँदै जानेछ। 

यस पटक प्रतिनिधि सभामा ११० सिट समानुपातिकका लागि छुट्याइएको छ।  

कसले कति मत ल्याए?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell