PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

७ नम्बर प्रदेशमा वाम गठबन्धनकै वर्चश्व, कांग्रेस १ सिटमा सीमित



पहिलोपोस्ट

७ नम्बर प्रदेशमा वाम गठबन्धनकै वर्चश्व, कांग्रेस १ सिटमा सीमित

काठमाडौं :  प्रदेश ७ मा १६ प्रतिनिधिसभा सदस्य तथा ३२ प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो। मतपरिणाम अनुसार प्रदेश ७ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनको पक्षमा पूर्ण बहुमत रहेको छ। 

प्रतिनिधिसभामा प्रदेश ७ बाट एमालेका ११ सांसदले संसदमा उपस्थिति जनाउँदैछन् भने माओवादीका ३ सांसद बनेका छन्। कांग्रेस भने यस प्रदेशमा एक सिटमा सीमित बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जितेर सात नम्बर प्रदेशकातर्फबाट संसदमा उपस्थिति जनाएका छन्।

प्रदेश ७ बाट यसअघि प्रतिनिधिसभामा सधैँ कांग्रेसले सम्मानजनक उपस्थिति जनाउने गरेको थियो। नेकपा एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन चुनावी प्रतिस्पर्धामा गएपछि यसपटक कांग्रेसले १ सिटमा चित्त बुझाउनुपरेको छ। 

यस्तै प्रदेशसभा सदस्यतर्फ पनि एमाले नै पहिलो भएको छ। ३२ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले १७, नेकपा माओवादी केन्द्रले १०, नेपाली कांग्रेसले ४ र राष्ट्रिय जनता पार्टी नेपालले १ सिटमा विजयी हासिल गरेका छन्। 

वाम गठबन्धको पक्षमा २७ सिट रहेकाले प्रदेश ७ मा वाम गठबन्धनको प्रादेशिक सरकार बन्ने पाक्कापक्की छ। 

प्रदेश ७ मा कैलालीका पार्टी अध्यक्ष दीर्घबहादुर सोडारी, बाजुराका प्रकाशबहादुर शाह र एमालेका प्रदेश ७ का सहसंयोजक कर्ण थापा मुख्यमन्त्रीको लाइनमा छन्। कर्ण थापा भने प्रत्यक्ष निर्वाचित होइनन्। उनी समानुपातिकका उम्मेदवार हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell