PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चौधरी कि गच्छदार? को बन्लान् प्रतिनिधि सभामा निर्वाचित हुने अन्तिम सदस्य?



चौधरी कि गच्छदार? को बन्लान् प्रतिनिधि सभामा निर्वाचित हुने अन्तिम सदस्य?

काठमाडौँ : पश्चिमको मुस्ताङबाट प्रेमप्रसाद तुलाचन निर्वाचित भई एमालेले चार दिनअघि शुक्रबार सुरु गरेको विजय अभियान पूर्वको सुनसरीमा गएर टुङ्गिने भएको छ। 

मंगलबार राति ११ बजेसम्ममा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ सदस्यमध्ये १६४ को नतिजा आएको छ जसमा ८० स्थानमा एमालेले सूर्यध्वजा फहराएको छ। 

अब बाँकी रहेको एक स्थान सुनसरी ३ मा लोकतान्त्रिक फोरम विलय गरेर कांग्रेसबाट उम्मेदवार भएका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। 

यो क्षेत्रमा १ लाख ९ हजार ९१७ मतदाता भएकोमा ७१ हजार ३२० मत गणना भइसकेको छ। बीचमा दलहरुबीच विवादका कारण मतगणना रोकिए पनि आज सुरु भएको छ। 

सुरुदेखि नै भगवती चौधरीले अग्रता लिइरहेकी भए पनि गच्छदारले मत अन्तर घटाउँदै लगेको स्थिति छ। पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार गच्छदार मात्र ४४ मतले पछाडि छन्। 

यस्तो छ मतको ट्रेन्ड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell