PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

समानुपातिकमा एमालेको अग्रता कायमै, विवेकशील र फोरमले दुई प्रतिशत कटाए



समानुपातिकमा एमालेको अग्रता कायमै, विवेकशील र फोरमले दुई प्रतिशत कटाए

काठमाडौँ : देशभर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सकिँदै गर्दा समानुपातिक मतगणनाको अपडेट आउन थालेको छ। मंगलबार मध्याह्न १२ बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ। 

तर तीन प्रतिशतको थ्रेसहोल्ड कटाउनेमा प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीमात्रै देखिएको छ। तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। अहिलेसम्म दुई प्रतिशत मत कटाउनेमा विवेकशील साझा र संघीय समाजवादी फोरम नेपाल देखिएको छ।  

समानुपातिकतर्फको मतमा दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ। कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा  ३१ लाख १० हजार १९४ मत गन्दा एमालेले सबैभन्दा बढी ३६.९ प्रतिशत मत ल्याएको छ। नेपाली का‌ंग्रेसले भने ३४.३ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ। 

यही अन्तिम परिणाम भएको भए एमालेले समानुपातिकबाट ४७ सिट पाउँथ्यो भने कांग्रेसले ४४ सिट पाउँथ्यो। 

माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम १४.९ प्रतिशतमात्रै छ। माओवादीले यही अन्तिम परिणाम भएको भए १९ सिट पाउँथ्यो। यस पटक प्रतिनिधि सभामा ११० सिट समानुपातिकका लागि छुट्याइएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell