PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चार उम्मेदवार जो राजीनामा दिएर राजनीतिमा होमिए, तर पछारिए



चार उम्मेदवार जो राजीनामा दिएर राजनीतिमा होमिए, तर पछारिए

काठमाडौँ : भारतका लागि नेपालका राजदूत रहेका दीपकुमार उपाध्यायले निर्वाचनमा भाग लिन राजीनामा दिए। कार्यकालको आधा समय पनि पूरा नगरेका उपाध्याय नेपाली कांग्रेसबाट टिकट पाउने निश्चित भएपछि राजीनामा दिएर चुनावमा होमिएका थिए। 

तर उनलाई चुनाव फापेन। कपिलवस्तु १ मा वाम गठबन्धनका उम्मेदवार चक्रपाणि खनालले उनलाई ९४६ मतले पराजित गरे। 

उपाध्यायमात्र हैन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर प्युठानको चुनावी मैदानमा भाग लिन पुगेका डा. गोविन्दराज पोखरेललाई पनि चुनाव फापेन। वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले पोखरेललाई १० हजारभन्दा बढी मतको अन्तरले पराजित गरे। 

त्रिभुवन विश्वविद्यालयको शिक्षण पेशा छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न झापा ५ पुगेका डा. खगेन्द्रपाण्डव अधिकारीलाई पनि राजनीति फापेन। उनलाई दोब्बरभन्दा बढी मतअन्तरले ओलीले पराजित गरे। अहिलेको निर्वाचनमा सबैभन्दा फराकिलो अन्तरले पराजित भएका उम्मेदवार मध्ये अधिकारी दोस्रो नम्बरमा पर्छन्। 

त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर काठमाडौँ क्षेत्र नम्बर ९ (क) मा प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका इन्द्रमान तुलाधर पनि सफल भएनन्। उनलाई एमालेका अजयक्रान्ति शाक्यले पराजित गरे। संकटा क्लबका अध्यक्ष रहेका तुलाधरको पुनः एन्फामा फर्कन सक्ने सम्भावना कायमै छ।  

सिलवाललाई डेव्युमै सफलता

नेपाल प्रहरीमा आइजिपीका प्रतिस्पर्धी रहेका नवराज सिलवालले आइजिपी बन्न नसकेपछि राजीनामा दिएका थिए। एआइजी बढुवामा समेत सिलवालको नाम छुटाइएपछि र आफ्नो विचाराधीन मुद्दामा सर्वोच्चले फैसला सुनाए लगत्तै उनले राजीनामा दिएका थिए। 

राजीनामा दिएका सिलवाल एमाले प्रवेश गरे। एमालेले उनलाई ललितपुर १ मा प्रतिनिधिसभाको उम्मेदवार बनायो। सिलवालले यसअघिका सांसद् तथा अर्थराज्यमन्त्री उदयशमशेर राणालाई पराजित गरे। 
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell