PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी



रासस

म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी

म्याग्दी : म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले कांग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई २ हजार ५ सय २६ मत अन्तरले पराजित गरेका हुन्।

केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसकेका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत् कम उमेरको सांसद बनेका छन्।

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो।

यसैगरी प्रदेशसभासदस्यमा क्षेत्र (ख)बाट एमालेकी नरदेवी पुन १० हजार ८६८ मत प्राप्त गरी विजयी भए। प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ। प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ।

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका पुनले २ हजार ८७१ मत अन्तरले कांग्रेसका अमलाल फगामीलाई पराजित गरेका हुन्।

दोस्रो संविधानसभामा समानुपातिक सभासद्का साथै राज्यमन्त्री पनि बनेकी एमालेकी पुनले १० हजार ८६८ र कांग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालालले जानकारी दिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell