PahiloPost

Dec 15, 2017 | २९ मंसिर २०७४

चुनावको दिनभर : सिके राउत र विप्लवका कार्यकर्ता पक्राउदेखि मलामीको मतदानसम्म


पहिलोपोस्ट /पहिलोपोस्ट

चुनावको दिनभर : सिके राउत र विप्लवका कार्यकर्ता पक्राउदेखि मलामीको मतदानसम्म
काठमाडौं : मतदानको अघिल्लो दिनसम्म बम आतंक फैलिएपछि नेपाल प्रहरी, निर्वाचन आयोग र गृह मन्त्रालयले बेग्लाबेग्लै पत्रकार सम्मेलन गरेर भनेका थिए - ‘सुरक्षा व्यावस्था कडा छ, ढुक्क भएर मतदान गर्नुस्।’

बिहान १२ बजे अघि

बिहान १० नबज्दै देशका विभिन्न ठाउमा बमहरु भेटिए भने लाठी चार्ज र फायरिङका घटनासमेत भए। सर्लाही कौडेना गाउँपालिकाको जनता मावि मतदान केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भयो। स्थिति नियन्त्रण लिन प्रहरीले चार राउण्ड गोली चलायो। 

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्ने क्षेत्र भक्तपुर स्थित बालकोटमा बम भेटियो। त्यसलाई नेपाली सेनाले निस्तेज बनायो। त्यसैगरी बालकोटमै बाम गठबन्धन र लोकतान्त्रि गठबन्धनबीच झडप समेत भयो। झडपमा आधा दर्जन भन्दा बढी युवाहरु घाइते भए।
धनुषा क्षेत्र नम्बर ३ का वाम गठबन्धनका उम्मेदवार तथा विना विभागीय राज्यमन्त्री रामसिंह यादवले राजेन्द्र महतोलाई सहयोग नगरेको भन्दै गाली गरेपछि राजपा कार्याकर्ता र माओवादी केन्द्र कार्यकर्ताबीच झडप भयो। झडपमा दुई जना घाइते भए।

निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको भन्दै सिके राउतलाई प्रहरीलाई पक्राउ गर्यो।

चुनावमा भएका यी घटना सामान्य प्रकृतिभन्दा माथिका रहेनन्। अर्थात् सरकारका निकायले भनेजस्तै चुनाव तुलनात्मक रुपमा शान्तिपूर्ण सम्पन्न भयो।

१२ बजेपछि

डोटीको खापरमाण्डू आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा ७७ वर्षीय मुनादेवी कामीको मृत्यु भयो। उनी दमको रोगी थिइन्।

पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै ८० वर्षीय झुलबहादुर कुमालको पनि मृत्यु भयो। 

२ बजेपछि

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले पेस्तोल र बमसहित राजधानीबाटै पक्राउ गर्यो्। चुनावलाई सुरक्षित बनाउन प्रहरीको सक्रियताले साथ दियो।  

पाल्पाको रम्भा गाउँपालिका–२ पश्चिमकोटमा १७ मलामीले मतदान गरे। रम्भा गाउँपालिका–२ बक्सिङकोट सुरुङ डाँडाका ८५ वर्षीया टकिसरा सिंजालीको मलामी जानुअघि उनीहरुले स्थानीय मेहन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन्।

रुपन्देही क्षेत्र नं १, अन्तर्गत ओमसतीया -६ मझौली चोकमा सुतली बम भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा कांग्रेसले एकलौटी मतदान गरेको भन्दै वाम गठबन्धनले पुन मतदानको माग गरे। कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठको निर्देशनमा बुथ कब्जा गरिएको बाम गठबन्धनको आरोप छ। 
चितापोखरी , कालिका आधारभूत र जनसक्रिय प्रावि स्कूलमा प्रहरी र निर्वाचन आयोगका कर्मचारीकै अगाडि काग्रेस कार्यकर्ताले मतदाताको हातबाट मतपत्र खोसेर स्वस्तिक छाप लगाएका आरोप एमालेले लगाएको छ। बुथ कब्जाको आरोप लगाउँदै  एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ वाङ्ला मथुरामावि मतदान केन्द्रमा मतदान स्थगित भयो। मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरेको विषयलाई लिएर दिउँसो विवाद भएको थियो। सोही विवादको क्रममा मतपेटिका तोडफोडसमेत भएको थियो।  स्थानीय प्रशासन र राजनीतिक दलको छलफलपछि निर्वाचन स्थगित गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal