PahiloPost

Dec 15, 2017 | २९ मंसिर २०७४

पर्सामा ६५ प्रतिशत मत खस्यो, मतगणना भोली बिहानदेखि


राधेश्याम पटेल/पहिलोपोस्ट

पर्सामा ६५ प्रतिशत मत खस्यो, मतगणना भोली बिहानदेखि

वीरगंज : पर्सामा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मतगणना भोली शुक्रवार बिहान देखि शुरु गरिने भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले आज अबेर राती ९ बजेसम्म सबै मतपेटिका वीरगंज ल्याएर सुरक्षित पार्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलालकर्णले जानकारी गराए। उनले मतपेटिका ल्याउन ५० भन्दा बढि गाडीको सुरक्षा अधिकारीले व्यवस्था मिलाएको बताए।

मतपेटिका ल्याएपछि सर्वदलिय बैठक बसेर मतगणनाको विषयमा राजनीनिक दलका प्रतिनिधिसंग समझदारी गरी मतगण शुरु गर्ने योजना रहेको उनले बताए। ‘आज राती मतगणना हुने चान्स कम छ, शुक्रवार विहान २ बजे पछाडी मात्र मतगणना हुन सक्ने देखिन्छ,’उनले भने।

पर्सामा ६५ प्रतिशत मतदान

पर्सामा ६५ प्रतिशत मत खसेको प्रराम्भिक अनुमान गरिएको छ। मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले फोनमा संकलन गरेको जानकारीको अधारमा पर्सामा ६२ देखि ६५ प्रतिशतको हाराहारीमा मतदान भएको जनाए। उनले चिसो र खेतीपातीको कारण मतदान पछिल्लो स्थानिय तहको तुलनामा कम भएको बताए।

मतगणना स्थल परिवर्तन

पर्सामा यो चुनावको लागि मतगणना स्थल फेरिएको छ। स्थानिय तहको बेला राखिएको मतगणना स्थल ठाकुर राम बहुमुखि क्याम्पसलाई परिवर्तन गर्दै वीरगंज श्रीपुर स्थित रहेको नेपाल राष्ट्रिय विद्यापिठ उमाविलाई तोकिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना स्थलका लागि क्याम्पस परिसरलाई परिवर्तन गर्दै श्रीपुर उमाविलाई चयन गरिएको हो। वीरगंजको केन्द्रमा पर्ने मुर्ली चोक भन्दा ५०० मिटर पश्चिममा रहेको उक्त विद्यालयलाई मतगणना स्थल बनाएकोमा राजनीतिक दलका अगुवाहरुले द्विविधा व्यक्त गरेका छन्। विद्यालय वरिपरि सवारी पार्कको लागि पर्याप्त ठाउँ नभएकोले उनीहरुले आपत्ती जनाएका छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal