PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५


विराटनगरका ४ मतदान केन्द्रमा राति ८ बजेसम्म मतदान हुने


विराटनगरका ४ मतदान केन्द्रमा राति ८ बजेसम्म मतदान हुने

विराटनगर : विराटनगर महानगरपालिका ४ मतदान केन्द्रमा राति ८ बजेसम्म मतदान सकिने अनुमान गरिएको छ। महानगरका वडा नं. ५, १२, ६ र ११ का ४ मतदान केन्द्रमा अझै मतदाता लाइनमा छन्।
 
ठूलो सङ्ख्यामा मतदाता अपराह्न ४ बजेपछि मात्र आएका कारण मतदान ढिलो सकिने भएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मतदानका लागि आवश्यक बिजुली र सुरक्षाको पूर्ण व्यवस्था गरिएको बताए।

यसैबीच मतदाता परिचयपत्रमा र नामावलीमा रहेको क्रम सङ्ख्या नमिलेपछि मोरङमा मतदान सम्पादन गर्न अप्ठ्यारो परेको छ। स्थानीय तहको निर्वाचनपछि मोरङमा ७५ हजार मतदाता थपिएका कारण क्रम सङ्ख्या नमिलेको निर्वाचन आयोगले जनाएको छ।

क्रमसङ्ख्या नमिलेर आफ्नो नाम नभेटेपछि कतिपय मतदाता आफैँ फर्किएका थिए भने कतिपयलाई कर्मचारीले फर्काएका थिए।
 
नेपाली काङ्ग्रेसका नेता एवम् केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको पनि परिचय पत्र र नामावलीमा रहेको क्रम सङ्ख्या फरक थियो ।
नेता कोइरालाले यो आयोगको कमजोरी हो भन्दै असन्तुष्टि प्रकट गरेका थिए ।



विराटनगरका ४ मतदान केन्द्रमा राति ८ बजेसम्म मतदान हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट