PahiloPost

Dec 15, 2017 | २९ मंसिर २०७४

मतदानपछि ओली : छिट्टै पार्टी एकता गर्छौँ, पत्रकारले सोधे, 'छिट्टै भनेको कहिले?'


मतदानपछि ओली : छिट्टै पार्टी एकता गर्छौँ, पत्रकारले सोधे, 'छिट्टै भनेको कहिले?'
काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग छिटटै पार्टी एकता गर्ने बताएका छन्।

मतदान गर्ने भक्तपुरको महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेका ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा “हामी तत्कालै पार्टी एकता गर्ने तयारी छौं' भनेपछि प्रतिप्रश्न आएको थियो, छिट्टै भनेको कहिले?

उनले जवाफ दिए, 'तुरुन्तै।'

अध्यक्ष ओलीले सरकारले निर्वाचन नगर्न विभिन्न हत्कन्डासमेत अपनाएको आरोप लगाए। उनले देशभरमा भएको विस्फोटन कसले र किन गरायो भन्नेसमेत भन्न नसक्ने सरकार भन्दै आलोचना गरे।

‘कसले बम हान्यो भन्ने थाहा नहुने पनि सरकार हुन्छ?,' उनले भने। 

अध्यक्ष ओलीले अब देश समृद्धिको बाटोमा जाने दावी गरे, ‘संविधानले नयाँ व्यवस्था गरेको संरचना तयार गर्ने, विकासको आंकाक्षा पूरा गर्ने अन्तिम तयारीमा छौं। अबको मुख्य एजेन्डा विकास नै हो।‘

आफूले आफैलाई मत हाल्न नपाएपनि  दुःखी नभएको उनले बताए। ओली झापा ५ मा उम्मेदवार बनेका छन् भने उनले भक्तपुर २ मा मतदान गरेका थिए। 

अध्यक्ष ओलीले भने, ‘यसअघि पनि मैले आफूलाई मतदान गरेको थिएन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal