PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

नाजिरको लागि भोट माग्दै कामेश्वर, 'राज्जा रानी' टिजर


पहिलोपोस्ट /पहिलोपोस्ट

नाजिरको लागि भोट माग्दै कामेश्वर, 'राज्जा रानी' टिजर
काठमाडौं: फिल्म 'राज्जा रानी'को दोस्रो टिजर रिलिज भएको छ। टिजरमा फिल्मका दुई मुख्य कलाकार नाजिर हुसेन र कामेश्वर चौरासियाको फिचरिङ रहेको छ। टिजरमा चुनाव अघिको माहोल देखाइएको छ। जहाँ नेताको रुपमा प्रस्तुत नाजिरका लागि कामेश्वर भोट आह्वान गर्दैछन्।

फिल्ममा केकी अधिकारी, नाजिर हुसेनसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री लगायत कलाकारको मुख्य भूमिका छ। फिल्मले पश्चिम तराईस्थित जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ।

लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय रहेको फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। फिल्म 'राज्जा रानी' आउँदो पुस २१ गते देशभर नेपाली र मैथिली भाषामा प्रदर्शनमा आउँछ। 



नाजिरको लागि भोट माग्दै कामेश्वर, 'राज्जा रानी' टिजर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट