PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

च्याम्पियन्स लिग : काउटिन्होको ह्याट्रिक मद्वतमा लिभरपुलको ७ गोल, समूह विजेता बन्दै अन्तिम १६ मा


पहिलोपोस्ट /पहिलोपोस्ट

च्याम्पियन्स लिग : काउटिन्होको ह्याट्रिक मद्वतमा लिभरपुलको ७ गोल, समूह विजेता बन्दै अन्तिम १६ मा

स्पार्टा मस्कोलाई ७-० ले पराजित गर्दै लिभरपुल समूह ए को विजेताको हैसियतमा युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।

घरेलु मैदानमा लिभरपुललाई शानदार जित दिलाउन फिलिप काउटिन्होले ह्याट्रिक गरे। यस्तै साडियो मानेले दुई तथा रोवर्टो फिर्मिन्हो र मोहमद शलाहले एक एक गोल गरे। जितपछि लिभरपुलले ६ खेलबाट १२ अंक जोडेर समूह विजेता बनेको हो।

अर्को खेलमा मरिवोरसँग १-१ गोलको बराबरी खेलेको सेभिया समूह इ को उपविजेता बनेको छ। टाभारेसले गोल गर्दै मरिवोरलाई पहिले अग्रता दिलाएपनि गान्सोले सेभियाका लागि बराबरी गोल फर्काएका थिए। सेभिया ९ अंक जोड्दै समूह उपविजेता बनेको हो।

६ अंक जोडेको स्पार्टा मस्को युरोपा लिगमा घटुवा भएको छ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने लिभरपुल पाँचौ इंगलिस क्लब हो र प्रतियोगिताको इतिहासमै एकै सिजन पाँच इंगलिस क्लबले नकआउट चरणमा स्थान पाएको यो पहिलो अवसर हो।

यसअघि नै दुई म्यानचेष्ट क्लब, टोटनहम र चेल्सीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

यता म्यानचेष्ट र सिटी भने समूहको अन्तिम खेलमा साख्तर डोनेस्कसँग २-१ ले पराजित भएको छ। सबैखाले प्रतियोगितामा गरी पछिल्लो २९ खेलमा सिटीको यो पहिलो हार हो। डोनेस्कका लागि बर्नार्ड र इस्माइलीले गोल गरे। सिटीका लागि खेलको अन्त्यतिर सर्जियो अगुएरोले पेनाल्टीमा एक गोल फर्काए।

यसअघि नै समूह विजेता बन्ने पक्का भएको सिटीले अधिकाँश खेलाडी दोस्रो रोजाईँको खेलाएको थियो। हारपछि पनि १५ अंक जोडेको सिटी समूह एफ को विजेता बन्यो भने सिटीलाई हराएर १२ अंक जोडेको समूह उपविजेता बन्यो। यसै समूहको अर्को खेलमा फेयनुर्डलले नेपोलीलाई २-१ ले पराजित गरेको छ।



च्याम्पियन्स लिग : काउटिन्होको ह्याट्रिक मद्वतमा लिभरपुलको ७ गोल, समूह विजेता बन्दै अन्तिम १६ मा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट