PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

शीर्ष नेताहरुको निर्वाचन: जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा


पहिलोपोस्ट /पहिलोपोस्ट

शीर्ष नेताहरुको निर्वाचन: जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा

काठमाडौँ: दोस्रो तथा अन्तिम चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन ४५ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ। सर्वसाधारणसँगै राजनीतिक दलका नेता तथा उम्मेदवार मत हाल्न आफ्नो मतदान क्षेत्रमा पुगिसकेका छन्।

दोस्रो चरणको निर्वाचनमा धेरै दलका शीर्ष नेताहरु चुनावी मैदानमा छन्। आम सर्वसाधरणबीच शीर्ष नेता र केही पपुलर उम्मेदवारबीचको प्रतिस्पर्धा चासोको बिषय बनेको छ।

कहाँ कोसँग प्रतिस्पर्धा भइरहेको छ?


प्रचण्ड भर्सेस विक्रम पाण्डे

धेरैका लागि चितवनमा ३ चर्चाको बिषय बनेको छ। चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी मैदानमा छन्। लोकतान्त्रिक गठवन्धनका तर्फबाट राप्रपा उम्मेद्वार विक्रम पाण्डे अध्यक्ष प्रचण्डसँगको प्रतिस्पर्धामा छन्।


देउवा भर्सेस खगराज

डडेलधुराबाट लगातार चुनाव जित्दै अएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा वाम गठबन्धनका कारण केही सकसमा परेका छन्। अंकगणितमा 'डेन्जर जोन'मा रहेका देउवाका प्रतिस्पर्धी छन् वाम गठधबन्धनका खगराज भट्ट। अंकगणितमा पछि भए पनि राष्ट्रिय व्यक्तित्वका कारण देउवा सशक्त उम्मेदवार हुन्। डडेलधुराको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ।

 
कृष्ण सिटौला र राजेन्द्र लिङदेन

झापा क्षेत्र नम्बर ३ को चर्चा चुलिएको छ।  क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनबाट राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दैछन्। सिटौला २०६४ को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए। ०७० मा विजयी भएका थिए।


विमलेन्द्र निधिविरुद्द राजेन्द्र महतो

धनुषा ३ मा यतिबेला सवैको ध्यान केन्द्रित छ। धनुषाको भूगोलमा प्रभावशाली नेता विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतो यस क्षेत्रमा प्रतिस्पर्धामा छन्। धनुषा ३ को मतपरिणाम सवैको चासोको विषय बनेको छ।


प्रकाशमान र रविन्द्र मिश्र

काठमाडौं क्षेत्र नम्बर १ को निर्वाचन मतपरिणाम देशमा मात्र होइन विदेशमा बस्ने नेपालीलाई समेत चासोको बिषय बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसबाट नेता प्रकाशमान सिंह चुनावी रणभूमिमा छन्। विवेकशीलका साझा पार्टीका तर्फबाट पूर्वपत्रकार रवीन्द्र मिश्र उम्मेदवार बनेका छन्। मिश्र सिंहको निरन्तर जितलाई ब्रेक लगाउने दाउमा छन्। वाम गठवन्धनका उम्मेद्वार अनिल शर्मा पनि चुनावी मैदानमा छन्। तर, शर्माको चर्चा कम छ।


गगन भर्सेस राजन

युवा उम्मेदवारबीचको प्रतिस्पर्धाका कारण काठमाडौं ४ चर्चामा छ। काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई प्रतिस्‍पर्धामा छन्। गगन यही क्षेत्रका निवर्तमान सांसद् हुन्। राजन पहिलो पटक प्रत्यक्ष चुनाव लड्दैछन्। यसअघि उनलाई मन्त्रिपरिषदले सभासदमा मनोनित गरेको थियो।


उदयशमशेरलाई सिलवालको काउण्टर

नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ चर्चामा छ। लोकतान्त्रिक गठबन्धनबाट अर्थ राज्यमन्त्री उदयशमशेर राणा र वाम गठबन्धनबाट सिलवालबीच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ।


ओलीविरुद्द अधिकारी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेद्वारी दिएको झापा क्षेत्र नम्बर ५ पनि चर्चामा छ। ओलीसँग शिक्षण पेशा छाडेर कांग्रेसका तर्फबाट उम्मेदवार बनेका डाक्टर खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन्।


विश्वप्रकाश भर्सेस सुरेन्द्र कार्की

प्रतिनिधिसभा निर्वाचनमा झापा १ बाट उम्मेदवार बनेका कांग्रेसका विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट माओवादीका सुरेन्द्र कार्कीबीचको प्रतिस्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ। शर्मा नेपाली कांग्रेसका युवा नेता हुन्। कार्की पूर्व सञ्चारमन्त्री हुन्।

मकवानपुर  क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा र वाम गठबन्धनका कृष्णप्रसाद दाहालको प्रतिस्पर्धा पनि चासोको बिषय छ। मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार शेखर कोइराला र वाम गठबन्धनका उम्मेदवार लालबावु पण्डितको प्रतिस्पर्धा पनि सवैको चासो बनेको छ।

काठमाडौं क्षेत्र नम्बर २ मा एमाले उम्मेद्वार माधव कुमार नेपाल र कांग्रेसका उम्मेदवार दीपक कुइकेलको प्रतिस्पर्धालाई पनि चासोपूर्वक हेरिएको छ।

चुनावसम्वन्धी सम्पूर्ण जानकारीका लागि http://chunab.pahilopost.com



शीर्ष नेताहरुको निर्वाचन: जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट