PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पहिलोपोस्टको चुनावी पोर्टल सुरु : जिआइएस म्याप, मतगणनाको लाइभ अपडेट र मतगणनाको ट्रेन्डसहित यस्ता छन् विशेषता



पहिलोपोस्टको चुनावी पोर्टल सुरु : जिआइएस म्याप, मतगणनाको लाइभ अपडेट र मतगणनाको ट्रेन्डसहित यस्ता छन् विशेषता

काठमाडौं :  बिजमाण्डु डटकमको भगिनी अनलाइन पहिलोपोस्टले प्रतिनिधि सभा तथा प्रदेश सभा लक्षित सिंगल विन्डो इन्टरयाक्टिभ चुनावी पोर्टल सुरु गरेको छ। पोर्टल पहिलोपोस्टको होमपेजबाट वा http://chunab.pahilopost.com मा क्लिक गरी सीधै हेर्न सकिनेछ।

पहिलोपोस्टले प्रविधि कम्पनी भान्टेज बिटसँगको सहकार्यमा जिआइएस प्रविधिमा तयार पारेको यो इन्टर्‍याक्टिभ चुनावी पोर्टलले पाठकका लागि मतगणनाको लाइभ अपडेटसहित चुनावी जानकारी तथा समाचार छिटो र विस्तृत दिनेछ। 

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रसँगै सातवटा प्रदेश सभा तथा प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रको चुनावी नतिजा यो चुनावी पोर्टलमा एउटा स्क्रिनभित्र उपलब्ध हुनेछ।

 त्यसैगरी सात हजारभन्दा बढी उम्मेदवारको सूची, प्रतिस्पर्धी उम्मेदवारले प्राप्त गरेको मत तथा उनीहरुले प्राप्त गरेको मतको समयबद्ध ट्रेन्ड पनि यो चुनावी पोर्टलमा उपलब्ध हुनेछ। 

मतगणनाको क्रममा दलहरुको विजयी सिट तथा उनीहरुको अग्रता तथा वाम, लोकतान्त्रिक र मधेशी गरी तीन गठबन्धनले जितेका तथा लिड गर्ने कूल सिटको बार चार्ट पनि यो चुनावी पोर्टलमा उपलब्ध हुनेछ। आफूले चाहेको निर्वाचन क्षेत्रको लिस्टिङसहितको सहज सर्च बटन पनि यो चुनावी पोर्टलको थप विशेषता हो।

प्रतिनिधि सभाको नक्सा

यो चुनावी पोर्टलमा प्रतिनिधि सभाका लागि एउटा र प्रदेश सभाका सात वटा गरी छुट्टाछुट्टै आठ वटा नक्सा छन्। chunab.pahilopost.com को दायाँतर्फ रहेको ट्याबमार्फत् आठ वटा नक्सामा जान सकिन्छ। सुरुमा रहेको ‘नेपाल’ मा क्लिक गर्दा देशका ७७ वटा जिल्ला (टुक्राइएका रुकुम र नवलपरासीसहित) का १६५ निर्वाचन क्षेत्र हेर्न सकिन्छ।  
 


यी १६५ वटा निर्वाचन क्षेत्रका नक्सामा माउस लग्दा जानकारी त्यहाँ देखिन्छ। आफूलाई चाहेको निर्वाचन क्षेत्रमा क्लिक गरेपछि साइटको बायाँतर्फको ट्याबमा उम्मेदवारको सूची उपलब्ध हुन्छ।

प्रदेश सभाको नक्सा

त्यसैगरी दायाँतर्फको ट्याबमा प्रदेश १ देखि ७ पनि रहेको छ। यो ट्याबमा क्लिक गरेपछि सम्बन्धित प्रदेशको नक्सामा पुगिनेछ। यो नक्सा प्रदेशसभा चुनावका लागि हो।


प्रदेश नम्बर क्लिक गरेपछि दायाँ छेउमा सम्बन्धित प्रदेशको कूल सिट, प्रत्यक्ष सिट, समानुपातिक सिट र प्रदेश सरकार बनाउन आवश्यक बहुमत संख्या 'जानकारी' ट्याबमा उपलब्ध हुन्छ। मतगणना जारी रहँदा कुन दलले कति सिट जित्यो वा अग्रता हासिल गर्‍यो, त्यो समेत यहाँ देखिन्छ। 


प्रदेशसभाको नक्सामा रहेको कुनै निर्वाचन क्षेत्र क्लिक गरेपछि साइटको बायाँतर्फको ट्याबमा प्रदेश सभाका सम्वन्धित क्षेत्रका उम्मेदवारको सूची उपलब्ध हुनेछ।


 

जुम इन, जुम आउट र रिसेट 

नक्सामार्फत् आफूलाई चाहिएको निर्वाचन क्षेत्रमा जानका लागि जुम इन (+), जुम आउट (-) र पुरानै अवस्थामा फर्कनका लागि रिसेट (एरो) बटनको व्यवस्था छ।
 

सर्चको सुविधा

सर्च बटनबाट पनि पाठक आफूलाई चाहिएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन क्षेत्रमा जान सक्छन्। सर्च बटनमा आफूलाई चाहिएको निर्वाचन क्षेत्रको अंग्रेजी वा युनिकोडमा सुरुका केही अक्षर टाइप गर्ना साथ सूची देखिन्छ। त्यसमध्ये आफूलाई चाहिएको निर्वाचन क्षेत्र क्लिक गरेर जानकारी लिन सकिन्छ। उदाहरणका लागि काठमाडौँको खोज्नुपर्योर भने सर्च बटनमा युनिकोडमा ‘का’ वा अंग्रेजीमा ‘kath’ टाइप गर्दा हुन्छ। 

 

उम्मेदवारको विषयमा जानकारी

पाठकले उम्मेदवारका विषयमा जानकारी लिन चाहेमा सम्बन्धित प्रमुख उम्मेदवारको नाममा क्लिक गरेपछि जानकारी उपलब्ध हुनेछ।
 
 
 

हट सिट


http://chunab.pahilopost.com को होमपेजमा दायाँतर्फ देशभरका चर्चित उम्मेदवारहरुको सूची छ। मतगणना सुरु भएपछि यही सूचीमा मतपरिणाम पनि उपलब्ध हुनेछ। ताजा मतपरिणामका लागि पेज रिफ्रेस गर्न जरुरी छैन। नयाँ मतपरिणाम अपडेट हुनेबित्तिकै स्वतः त्यहाँ देखिनेछ। मतगणनाका क्रममा बढी मत प्राप्त गर्ने उम्मेदवारको तस्विर अघि आउनेछ भने कम मत ल्याउने उम्मेदवारको तस्विर पछाडि जानेछ। 
 

मतपरिणामको ट्रेन्ड

मतगणना सुरु भएपछि उम्मेदवारले प्राप्त गरेको मतको समयवद्ध ट्रेन्ड पनि यो चुनावी पोर्टलमा उपलब्ध छ। कुन समयमा कुन उम्मेदवारले कति मत पाए र अरु उम्मेदवारसँगको ट्रेन्ड बढ्दो, घट्दो वा स्थिर छ भन्ने जानकारी यहाँ उपलब्ध हुनेछ। त्यसैगरी उम्मेदवारको जिल्लागत समाचार पनि यही ट्याबमा उपलब्ध हुनेछ। 

 
चुनावको इन्टरयाक्टिभ यो साइटमा पहिलोपोस्ट सम्पूर्ण पाठकलाई स्वागत गर्दछ। नेपाली अनलाइन पत्रकारितामा नयाँ सोच, शैली र प्रविधि दिने हाम्रो यो प्रयास तपाईंलाई कस्तो लाग्यो। पाठकलाई छिटो र विस्तृत रुपमा मतगणनाको लाइभ अपडेटसहित चुनावी जानकारी तथा समाचार दिन देशभर हाम्रो सञ्जाल तयार गरेका छौं। यो पोर्टललाई अझ समृद्ध बनाउन तपाईंको पनि सल्लाह, सुझाव र मार्गदर्शन महत्वपूर्ण छ। हामी त्यसको स्वागत गर्दछौं। हामीलाई सम्पर्क गर्न

फेसबुक https://www.facebook.com/PahiloPostNews/
ट्विटर https://twitter.com/PahiloPost
वा इमेल [email protected] 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell