PahiloPost

Dec 15, 2017 | २९ मंसिर २०७४

डब्लुसिएल : युएईसँग नेपाल ७ विकेटले पराजित


पहिलोपोस्ट /पहिलोपोस्ट

डब्लुसिएल : युएईसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

युएईको जितमा गुलाम सबिरले नटआउट रहदै सर्बाधिक ८१ रन बनाए। यस्तै ओपनर रोहन मुस्ताफाले ६२ रनको योगदान गरे। युएईका रमिद शहजादले ३७ रन बनाए।

नेपालका लागि शरद भेषावकर र सन्दीप लामिछानेले १-१ विकेट लिए।

त्यसअघि आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेलर ६ विकेट गुमाउँदै २२१ रन बनाएको थियो।

नेपालका लागि शरद भेषावकरले नटआउट रहदै सर्वाधिक ८१ रन बनाए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ले ५४ रन जोडे। ९५ बल खेलेका शरदले ५ चौका प्रहार गरे।

कप्तान पारस खड्का र सोमपालीले समान २० तथा दीलिप नाथले १६ रन बनाए भने बसन्त रेग्मी १४ रनमा नटआउट रहे। युएईका जहुर खानले २ विकेट लिए।

नेपाललाई हराएपछि युएई १३ खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा उक्लेको छ।

 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal