PahiloPost

Dec 15, 2017 | २९ मंसिर २०७४

पारमाणविक आडम्बरको खतरा


पहिलोपोस्ट /पहिलोपोस्ट

पारमाणविक आडम्बरको खतरा
फोटो श्रोतः chroniclelive.co
  • ह्याभियर सोलाना 
म्याड्रिड :  सन् २०१२ को गृष्मयाममा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तकार केनेथ एन वाल्ट्जले ‘इरानले किन बम प्राप्त गर्नुपर्छ’ भन्ने शीर्षकमा एक लेख प्रकाशित गरेका थिए, जसमा परमाणु हतियार सम्पन्न मुलुक इरानले इजराइलसँग प्रतिवाद्वन्द्वीको रूपमा काम गरेर मध्यपूर्वमा शक्तिको वाञ्छित सन्तुलन पुनस्र्थापित गर्नेछ भन्ने तर्क दिएका थिए। 

त्यस वर्षपछि वाल्ट्जले कूटनीतिसँगै प्रतिबन्धको संयोजन रणनीति इरानलाई उसको परमाणु क्षमताको विकास गर्नबाट रोक्न सम्भव थिएन भन्ने पनि तर्क दिएका थिए। ‘यदि इरान परमाणु हतियार प्राप्त गर्न प्रतिबद्ध छ भने सैन्य बलको छोटो प्रयोग गरेर इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्न सकिन्छ भन्ने कल्पना गर्नु कठिन हुन्छ’– उनले सन् २०१२ को सेप्टेम्बरमा ‘फरेन अफेयर्स’ मा लेखेका थिए। 

वाल्ट्ज दुई तरिकाले गलत भए। पहिलो, उनले क्षेत्रीय तथा विश्वकै स्थिरताको स्रोतको रूपमा परमाणु हतियारहरूको बचाउ गरे। उनले ती परमाणु हतियारहरू आतङ्ककारीहरूको हातमा जानसक्छन् वा गलत तरिकाले प्रयोग हुनसक्छन् भन्ने खतरालाई कम आँकलन गरे। 

दोस्रो, वाल्ट्ज इरानसँग परमाणुसम्बन्धी वार्ताको सफलता प्रक्षेपण गर्न असफल भए। सन् २०१३ मा वाल्ट्जको निधन भयो। तर यदि उनी आज जिवित भएको भए, उनले निसन्देहरूपमा इरान, पी फाइव प्लस वान (संयुक्त राष्ट्र सङ्घमा पाँच स्थायी प्रतिनिधि र जर्मनी) र युरोपेली युनियनले सन् २०१५ मा अपनाएको जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन (जेसीपीओए) को ढिलो समाप्तिलाई उल्लेख गर्थे।

विशेषगरेर सैन्य बलको पैरवी गर्ने उनी र अन्य धेरैले कूटनीतिक शक्तिको प्रदर्शनले सम्भव बनाएको भन्दा अझ धेरै अगाडि जेसीपीओए जानेछ भन्ने कुरालाई स्वीकार हुन्थ्यो। 

जेसीपीओए बहुपक्षीयताको एक कोशेढुङ्गा थियो। त्यसका बावजुद अथवा सम्भवतः सबै प्रकारमा बहुपक्षीयताका लागि आफ्नो उपेक्षाका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई सबै समयको बेवकुफ सम्झौता भनेका छन्।

साथै उनले यसले पारमाणविक विध्वंशलाई बल पुर्याउने पूर्वानुमान गरेका छन्। हावर्ड विश्वविद्यालयका स्टेफन एम वाल्टजस्ता थुप्रै विश्लेषकहरूले ती दाबीहरू पूर्णरूपमा आधारहीन भनेका छन्। तर जेसीपीओएलाई अक्टोबरमा पुनः प्रमाणित गर्न अस्वीकार गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई त्यसले रोक्न सकेन। 

राष्ट्रपति ट्रम्पको सो कदमले इरानमाथि पुनः परमाणुसम्बन्धी प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने काम अमेरिकी कांग्रेसलाई छोडेको छ। जुन जेसीपीओए सम्झौताको उल्लङ्घन हुनेछ।

यदि अमेरिकी काङ्ग्रेसले सोसम्बन्धमा केही पनि नगर्ने भन्ने निर्णय गर्यो भने काङ्ग्रेसमा उनको इरानविरोधी स्वर र रिपब्लिकनहरूको अन्य पहलहरूले जेसीपीओएलाई चिन्तित बनाउँछन् र यो कमजोर हुनेछ। 

जेसीपीओएको पतनले मध्यपूर्व र विश्वका लागि उल्लेखनीय खतराहरू सिर्जना हुनेछ। इरानको नयाँ सुरु गरिएको परमाणु कार्यक्रमले उसको रणनीतिक प्रतिद्वन्द्वी साउदी अरेबियासँग चिन्ताजनक आयाम थप्नेछ ।

वास्तवमा दुई मुलुकबीचको शीत युद्ध पहिले देखिनै जारी रहेको देखिन्छ। अमेरिकी राष्ट्रपति ट्रम्पको पूर्ण समर्थन पाएको र शक्तिशाली युवा राजकुमार मोहम्मद बीन सलमान भएको मुलुक साउदी अरेबियाले हालै इरानमाथि युद्धलाई निम्त्याएको आरोप लगाएको छ। यमनबाट रियादमाथि एक क्षेप्यास्त्र हमला भएपछि उसले त्यस्तो आरोप लगाएको हो। 

अमेरिकासँग उत्तर कोरियाको परमाणु गतिरोध कायम रहेकै बेला मध्यपूर्वमा पनि त्यस्तै किसिमको जोखिम उठाउनुपर्ने आवश्यकता छ।

सौभाग्यवश जर्मनी, चीन, फ्रान्स, बेलायत, रुस र युरोपेली युनियन सबैले ट्रम्प प्रशासनको अविश्वसनीय अडानबाट आफूहरूलाई पर राखेर जेसीपीओएको प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

परमाणु प्रसारको क्षेत्रमा ट्रम्प प्रशासनको खराब पहलहरूको लामो सूची थपिएको छ।सन् २००३ मा इराकमाथि अमेरिकी आक्रमणलाई विचार गर्दा सद्दाम हुसेनले आम विनाशकारी हतियार लुकाएको भन्ने सन्दर्भमा सो आक्रमण भएको थियो। 

तर उनले त्यस्तो हतियार लुकाएको फेला परेको थिएन। जब सद्दाम हुसेनलाई सत्ताच्युत गरियो अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसका तथाकथित अन्य दुई शत्रु राष्ट्र इरान र उत्तर कोरियाले शासन परिवर्तनमा अमेरिकी प्रयासका लागि परमाणु हतियारले तिनीहरूलाई कमजोर नबनाएको निष्कर्ष निकाले। 

उनीहरूको निष्कर्ष सन् २०११ मा थप बलियो भयो जतिबेला अमेरिकी सहयोगमा लिबियाली नेता मुअम्मर अल—गद्दाफी सत्ताच्युत भए। 
कद्दाफीले आठ वर्ष अघि नै उनले परमाणु कार्यक्रम परित्याग गरेका थिए। 

विद्रोही सेनाहरूको हातबाट गद्दाफीको मृत्यु भएको केही सातामा उत्तर कोरियामा किम जोङ–उन सत्तामा आए। जसले निसन्देहरूपमा आफ्ना दृष्टिकोणले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रभावित पार्यो।

किमलाई पराजित गर्नुको सट्टा ट्रम्पको ‘क्रोध र रोषपूर्ण’ धम्कीले उत्तर कोरियाली नेता किमलाई उनको र किम वंशको अस्तित्व परमाणु हतियारमा निर्भर छ भन्ने कुरामा अझ विश्वस्त बनायो।

कठोर प्रतिबन्धको सजायले मात्र उनको दिमाग परिवर्तन हुनेछैन। सत्तामा कायमै रहनका लागि किम हरेक किसिमका कठिनाईहरूमा उत्तर कोरियाली जनताको विषय बन्न पूर्णतः इच्छुक रहेको देखिन्छ। 

निश्चय नै उत्तर कोरिया र इरानबीच उल्लेखनीय भिन्नताहरू छन्। सबैभन्दा स्पष्ट भिन्नता भनेको इरानको परमाणु कार्यक्रमले कुनै प्रभाव पारेन जबकी इरानको विपरित परमाणु अप्रसार सन्धिबाट हटाइएको उत्तर कोरियासँग यसअघि नै ६० वटा परमाणु हतियार छन्।

साथै उत्तर कोरियाले अमेरिकी मुख्य भूमिसम्म मार हान्नसक्ने परमाणु हतियारसम्बद्ध अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको दिशामा प्रगति गरिरहेको देखिन्छ। छोटकरीमा उत्तर कोरियासँगको चरम सैन्य द्वन्द्व तत्काल वैश्विक खतरामा प्रवेश गर्नेछ। 

ट्रम्पले थाहा पाएको हुनुपर्छ कि उत्तर कोरियामाथिको बढ्दो दवावले  किमलाई वार्ताको टेबुलमा ल्याउन सकिँदैन। साँच्चै भन्नुपर्दा दुबै तरिकाको संयोजन सबैभन्दा संवेदनशील विकल्प हो। 

तर आफ्ना उत्तेजनात्मक बयान र अतिवादी स्थितिहरू त्याग्न र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग रचनात्मक काम गर्न ट्रम्पमाथि कूटनीतिको एउटा अवसर दिनुपर्ने आवश्यकता हुनेछ।

चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न १९ औँ राष्ट्रिय काङ्ग्रेसमा आफ्नो शक्ति अझ मजबुत बनाएका राष्ट्रपति चिनफिङसँग विशेष गरेर चीनसँग प्रत्यक्ष असर गर्ने अन्तर्राष्ट्रिय द्वन्द्व समाधानमा अझ सक्रिय भूमिका रहने अपेक्षा गरिनेछ।

एउटा प्रभावकारी विश्वव्यापी नेता आफ्ना सहयोगीको सामना गर्न र परिस्थितिले आवश्यक ठाने आफ्ना विरोधीहरूसँग हात जोड्न सक्षम हुनैपर्छ। 

उत्तर कोरियाको सार्थक खतरामा रणनीति पहिल्याउने एक मात्र उपाय भनेको दक्षिण कोरिया र जापानले परमाणु हतियार विकास गर्ने क्लबमा सहभागी हुने अफसोचपूर्ण कार्य गर्दैनन् भन्ने कुरा सुनिश्चित गर्नु हो।

वाल्ट्जले भनेजस्तै परमाणु हतियारसँग पैmलिने प्रवृत्ति हुन्छ। तर त्यसको अर्थ हामी आफैंलाई फैलाउनुपर्छ भनेको होइन। यसको विनाशकारी क्षमतालाई कम गरौँ। अन्तर्राष्ट्रिय सुरक्षा जेसीपीओएजस्ता कूटनीतिक सफलताका कथाहरूको संरक्षणमा निर्भर हुन्छ।

एक पटक र सबैका लागि प्रतिद्वन्द्वीता तथा ध्रुवीकरणका मोडका खतराहरूलाई अन्तिम किनारा लगाउन र सङ्क्रमणलाई पन्छाउन ती कथाहरू महत्वपूर्ण हुन्छन्। रासस/प्रोजेक्ट सिन्डिकेट

(ह्याभियर सोलाना युरोपेली युनियनको विदेश तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि, नेटोका महासचिव र स्पेनका विदेशमन्त्री हुन्।)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal