PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कसले कति लत्यायो निर्वाचन आचार संहिता?



रासस

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ। 
    
प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा पत्रकार तथा निर्वाचन आचारसंहित पालनाका सम्बन्धमा गत कात्तिक २६ गतेदेखि मंसिर १५ गतेसम्म गरेको विशेष अनुगमनको प्रारम्भिक प्रतिवेदनअनुसार ती सामग्री सम्प्रेषण भएको पाइएको हो।  
    
“पत्रपत्रिका, रेडियो, टिभी र अनलाइन गरी १३० वटा आमसञ्चारमाध्यमबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको छ, जसअनुसार ६२ छापाबाट ९८, ३१ वटा रेडियोबाट ५३, १९ वटा टिभीबाट ४९ र १८ अनलाइनबाट ५२ सामग्री सम्प्रेषण भएका छन्”– काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  
    
मौनअवधि शुरू हुनुअघि र मौन अवधि शुरू भई मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म दुई चरणमा आमसञ्चारमाध्यमले सम्प्रेषण गर्ने समाचार तथा समाचार सामग्रीको अनुगमन गरिएको थियो। 
    
त्यसक्रममा ती सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारका चुनावी कार्यक्रम प्रचारप्रसार गनेको, प्रत्यक्ष प्रसारण गरेको, निर्वाचन आचारसंहितामा तोकिएको आकार र समयभन्दा बढी आकार र समयमा सःशुल्क जनाउ नदिइ विज्ञापन सम्प्रेषण गरेको पाइएको काउन्सिलले जनाएको छ। 
रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell