PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चुनाव प्रचारमा मन्त्रीसँगै हिँडेका सेनाका जवान सुते पछि उठेनन्



पहिलोपोस्ट

चुनाव प्रचारमा मन्त्रीसँगै हिँडेका सेनाका जवान सुते पछि उठेनन्
फोटो : pardafas.com

विराटनगर : चुनाव प्रचारमा हिँडेका नेपाली सेनाका जमदार रोमबहादुर बुढा मन्त्रीसँगै थिए। दिनभरि चुनावी कार्यक्रमबाट राति साढे ११ बजे फर्के। बिना विभागीय मन्त्री एवम् वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल, नेपाली प्रहरीका सइ कृष्ण बुढाथोकी, मन्त्रीका गाडी चालक र जमदार बुढासँगै खाना खाए। 

खाना खाइसकेपछि सइ बुढाथोकी र जमदार बुढा सुत्न गए। दुवै जना एउटै बेडमा सुते। राति करिब एक बजेतिर जमदार बुढाले 'घ्यार घ्यार…' गरेको सुनेपछि सइ बुढाथोकी उठेर सबैलाई बोलाए। 

बुढाको अवस्था नाजुक भएपछि तत्कालै उनलाई अस्पताल लगिएको बिना विभागीय मन्त्री एवम् मोरङ पाँचका प्रतिनिधि सभाका उम्मेदवार  मण्डलले पहिलोपोस्टलाई जानकारी दिए।

मन्त्री मण्डलले विराट नर्सिङ होम पुर्‍याएपछि मृत्यु भएको बताए। 

दैलेख घर भएका जमदार बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell