PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोशी अञ्चल अस्पताललाई पियूको शिक्षण अस्पताल बनाउने निर्णय विरुद्ध डा. केसी



पहिलोपोस्ट

कोशी अञ्चल अस्पताललाई पियूको शिक्षण अस्पताल बनाउने निर्णय विरुद्ध डा. केसी

काठमाडौं :  कोशी अञ्चल अस्पताललाई पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताल बनाउने निर्णयको  डाक्टर गोविन्द केसीले विरोध गरेका छन्। 

यसअघि नै दुई वटा मेडिकल कलेज रहेको विराटनगरमा अर्को मेडिकल कलेज थपिनु उपयुक्त नरहेको डा केसीले बताएका छन्। 

केसीले विज्ञप्ति निकाल्दै चिकित्सा शिक्षा अध्यादेश जारी भएपनि चिकित्सा शिक्षा आयोग गठन भइनसकेको अवस्थामा गरिएको निर्णयप्रति  आपत्ति जनाएका छन्। 

कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयले कोशी अञ्चल अस्पताललाई पियूका लागि शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न अनुमति दिएको थियो। 

‘आयोग नबनिसकेको अवस्थामा कुनै पनि नयाँ शिक्षण संस्था खोल्न उचित हुँदैन,’ डा केसीले भनेका छन्, ‘दुर्इवटा मेडिकल कलेज रहेको विराटनगरमा भन्दा जनसंख्याको चाप भएका अन्य ठाउँमा सरकारी मेडिकल कलेज खोल्न प्राथमिकतामा राख्नुपर्ने हुन्छ।’

चिकित्सा शिक्षा आयोग नबनुन्जेल कुनै पनि रुपमा नयाँ शिक्षण संस्थाका लागि प्रक्रिया अघि नबढाउन मन्त्रालयलाई केसीले आग्रह गरेका छन्।

काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले पहिले गरेको सिट निर्धारणको निर्णय उल्ट्याउँदै केही मेडिकल कलेजमा सिट थप्नका लागि गरेको पहललाई केसीले ‘निर्लज्ज र अवैध प्रयास’ को संज्ञा दिएका छन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell