PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मेसीलाई चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड



पहिलोपोस्ट

मेसीलाई चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड

बार्सिलोनाका लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन्। सन् २०१६-१७ को सिजन सपानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन्। जुन युरोपको कुनै पनि लिगमा एकै खेलाडीले गरेको सर्वाधिक गोल हो।

मेसीलाई एक समारोहमा बार्सिलोनाकै सहकर्मी लुइस सुवारेज गोल्डेन बुट प्रदान गरे। सुवारेजले पनि २०१५-१६ को सिजनमा उक्त अवार्ड पाएका थिए। मेसी आफ्नी श्रीमती एन्टोनेला राकुजा र छोरा थियागोसँगै अवार्ड समारोहमा पुगेका थिए।

मेसीले चौथो पटक उक्त अवार्ड जित्ने क्रममा डच फरवार्ड बास डोस्टलाई पछि पारे। डोस्टले पोर्चुगलको स्पोर्टिङ लिस्वनबाट खेल्दै ३४ गोल गरेका थिए।

यसअघि मेसीले २००९-१०, २०११-१२ र २०१२-१३ को सिजनमा उक्त अवार्ड जितेका थिए। यससँगै मेसीले सर्वाधिक ४ पटक गोल्डेन बुट जित्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्।

मेसीले गत सिजन स्पानिस लिगमा ३७ गोल गरेका थए भने सबैखाले प्रतियोगितामा गरेर बार्साका लागि ५४ गोल गरेका थिए।

युरोपियन स्पोर्ट्स मिडियाले यस अवार्ड प्रदान गर्दै आइरहेको छ।

यस सिजन पनि मसीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। मेसीले सबैखाले प्रतियोगिता गरी १६ खेलमा १२ गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell