PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाबुरामले भने : धनबल र डनबललाई परास्त गर्छौं



पहिलोपोस्ट

बाबुरामले भने : धनबल र डनबललाई परास्त गर्छौं

गोरखा : पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले जनबल र मनोबलले धनबल र डनबललाई परास्त गर्ने बताएका छन्।

गोरखा नगरपालिकाको याङ्कोटमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै भट्टराईले भने, ' हामीसँग जनबल र मनोबल छ। विपक्षीसँग डन बल र धन बल छ।' 

उनले डन बल र धन बललाई जनबल र मनोबलले सजिलै परास्त गर्न सक्नेसमेत बताए। पहिलो चरणको निर्वाचनका लागि आज अन्तिम प्रचार प्रसार हो। मध्यरातदेखि चुनाव प्रचारप्रसार निषेध हुनेछ।

यो पनि पढ्नुस्

गोरखामा को बलियो? बाबुराम कि नारायणकाजी?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell