PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'दिल्लीले मधेशलाई रुखमा चढाएर फेद काट्यो' 



बीपी साह

'दिल्लीले मधेशलाई रुखमा चढाएर फेद काट्यो' 

काठमाडौं : विश्लेषक सीके लालले मधेशका जनतामा राजनीतिक विक्षिप्तताको एउटा कारण भारत भएको बताएका छन्। मधेश आन्दोलन भारतको नामबाट बदनाममात्र भएको लालको दावी छ। 

मार्टिन चौतारीमा आयोजित कार्यक्रममा विश्लेषक लालले भने, ‘मधेशलाई भारतसँग ठूलो भरोसा थियो। तेस्रो मधेश जनविद्रोहपछि के देखियो भने मधेशीलाई ठूलो रुखमा चढायो। अनि, नयाँ दिल्लीले त्यो रुखलाई फेदैबाटै काट्यो। जुन भारतप्रति मधेशको मोह भंग भयो। त्यो पनि बिछिप्तताको कारण हो।’

‘मधेशलाई राजनीतिक न्यायका लागि भारतबाट सहयोग हुने भरोसा थियो। भारतसँग पनि मोह भंग भयो। अब कोसँग आस्था राख्ने? मरेपछि रोटीबेटीको सम्बन्ध काम लाग्छ भन्थे। तर, रोटीबेटीको सम्बन्ध दिल्लीलाई काम लाग्दा मात्र हुँदो रहेछ,’ उनले भने।

विक्षुब्ध मधेशमा शान्तिको अवितव्यता विषयमा प्रवचन दिँदै लालले भने, ‘मधेशलाई पहिले पनि भारत काम लागेको थिएन अहिले पनि काम लागेको छैन।’ मधेशमा भारतप्रतिको नकारात्मक सोच पनि बढ्दै गएको उनले बताए।
 
‘मेक्सिकोका बारे के भनिन्छ, 'सो फार फ्रम गर्ड सो क्लोज टू युनाइटेड स्टेट अफ अमेरिका' र मधेशको बारेमा के भनिन्छ भने सो फार फ्रम गडेस, सो क्लोज टु रिपब्लिक अफ इण्डिया,’ लालले सुनाए।

मधेशीभन्दा पनि गैर मधेशी भारत निकट रहेको बताउँदै लालले भारतको सबै स्वार्थ राज्यबाट गैर मधेशीले पूरा गरेको आक्षेप पनि लगाए। ‘त्यसकारण भारतको नामले मधेश बदनाम मात्र छ भारतका लागि काम त गैर मधेशीले पो गरेका छन्,’ लालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell