PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

निर्माण थालिएकाे १० वर्षपछि चमेलियाबाट विद्युत् उत्पादन सुरु



पहिलोपोस्ट

निर्माण थालिएकाे १० वर्षपछि चमेलियाबाट विद्युत् उत्पादन सुरु
फाइल फोटो

दार्चुला :  दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह भएको छ । 

सन् २००७ देखि निर्माण सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झण्डै १० वर्षपछि आजदेखि प्रसारण सुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए। 

आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई आज चार्ज गरेको हो। प्रसारण लाइनमा प्रयोग भएका टावर, तारलगायतका अन्य संरचना नछुन आयोजनाले सूचनामार्फत सबैमा जानकारी गराएको छ। एक सय १३१ किलोमिटर लामो प्रसारण लाइनमा ४१२ वटा टावर रहेका छन्। 

तत्काल सिंगल सर्किटबाट चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख दाहालले बताए। चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना–ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुनेछ। 

सन् २००७ मा निर्माण सुरु गरी सन् २०११ को डिसेम्बरमा निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो। सो समयमा काम सम्पन्न हुन नसकेपछि समयसीमा सन् २०१७ को डिसेम्बर पुर्याइएको थियो। चमेलिया जलविद्युत् आयोजनाबाट निर्माण सुरु भएको १० वर्षपछि बिजुली बलेको हो। 

चमेलिया जलविद्युत् आयोजनाको सुरुको अनुमानित लागत आठ अर्ब ५० करोड थियो तर झण्डै १० वर्षको अवधिसम्म १५ अर्ब ५० करोडभन्दा बढी खर्च भएको छ। आयोजनाको सिभिलतर्फको काम सन् २००७ मा र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् २००९ को मे महिनाबाट सुरु गरिएको थियो। 

सिभिलतर्फ चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशन (सिजिजिसी)ले काम गरेको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनीले गरेको आयोजनाले जनाएको छ। चमेलिया सरकारको पूर्ण लगानीमा निर्माण भएको हो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell