PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

च्याम्पियन्स लिग : चेल्सी अन्तिम १६ मा प्रवेश, म्यानचेष्टर युनाइटेड पराजित



पहिलोपोस्ट

च्याम्पियन्स लिग : चेल्सी अन्तिम १६ मा प्रवेश, म्यानचेष्टर युनाइटेड पराजित

इंगलिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको दिन अर्को इंगलिस क्लब म्यानचेष्टर युनाइटेड भने पराजित भएको छ। बासेलसँग हारेपछि युनाइटेडले समूह चरण पार गर्न अन्तिम खेल कुर्नु पर्ने भएको छ।

१० खेलाडीमा झरेको क्वाराबाग एफकेलाई ४-० ले हराउँदै चेल्सी समूह सी'मा एक खेल अगावै अन्तिम १६ मा पुगेको हो। चेल्सीको जितमा विलियनले २ तथा एडेन हाजार्ड र सेस फाब्रेगासले १-१ गोल गरे।

यता यसै समूहको अर्को खेलमा एथ्लेटिको मड्रिडले रोमालाई २-० ले पराजित गरेको छ। एथ्लेटिकोका लागि एन्टोनी ग्रीजमन र केभिन गमेइरोले गोल गरे। ब्रुनो परेइजले दोहोरो पहेँलो कार्ड खाएपछि रोमा खेलको अन्त्यतिर १० खेलाडीमा झरेको थियो।

हारपछि पनि ५ खेलबाट ८ अंक जोडेको रोमा समूहको दोस्रो स्थानमा छ। १० अंकका साथ चेल्सी अघिल्लो चरणमा छनोट भइसक्दा अब रोमा र एथ्लेटिकोबीच अन्तिम १६ मा पुग्न होडबाजी छ। एथ्लेटिकोको ६ अंक छ। अब अन्तिम खेलमा रोमाले क्वाबागसँग खेल्नेछ भने एथ्लेटिकोले चेल्सीसँग खेल्नेछ।


युनाइटेडले अझै कुर्नु पर्ने

बासेलसँग युनाइटेड १-० ले पराजित भएपछि समूह ए'बाट अन्तिम १६ मा पुग्ने होड समेत रोमाञ्चक बनेको छ। बासेललाई जित दिलाउन घरेलु मैदानमा माइकल लाङले निर्णायक गोल गरे।

बासेलसँग जित र वा बराबरीले युनाइटेड एक खेल अगावै अन्तिम १६ मा पुग्ने थियो। तर हारपछि युनाइटेडसँगै बासेल र सिएसकेए मस्को गरी तीन क्लब अन्तिम १६ को होडमा छन्।

हारका बावजुद पनि युनाइटेड १२ अंकका साथ समूह ए'को शीर्ष स्थानमा छ। समान ९ अंक जोडेको बासेल र मस्को दोस्रो र तेस्रो स्थानमा छ। अर्को खेलमा मस्कोले वेनिफालाई २-० ले हराएको हो। मस्कोको जितमा जर्जी शेनिकोभले एक गोल गरे। वेनफिकाका जोर्डनले एक आत्मघाती गोल उपहार दिए।

अब अनतिम खेलमा युनाइटेडले मस्को तथा बासेलले वेनफासँग खेल्नेछ। बराबरी नतिजाले मात्र पनि युनाइटेड अन्तिम १६ मा पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell