PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्र बैंकको ३० वर्षे सेवा अवधिको प्रस्ताव लोक सेवाद्वारा अस्वीकार



पहिलोपोस्ट

राष्ट्र बैंकको ३० वर्षे सेवा अवधिको प्रस्ताव लोक सेवाद्वारा अस्वीकार

याे समाचार रद्द गरिएकाे सूचना राससले पठाएकाे छ। 

काठमाडौं :
राष्ट्र बैंकका कर्मचारीका लागि ३० वर्षे सेवा अवधि कायम राख्न गरिएको संशोधन प्रस्ताव लोकसेवा आयोगले खारेज गरेको छ।

आयोगले एउटा मात्र संस्थाको सेवा अवधि परिवर्तन गर्दा समग्र सार्वजनिक सेवामा प्रभाव पार्ने भएकाले राष्ट्र बैंकका कर्मचारीलाई ३० वर्षे सेवा अवधी राख्ने प्रस्तावलाई अस्वीकृत गरिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए।
 

“बैठकले ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश गर्नुपर्ने प्रस्तावका लागि स्वीकृत मागेको थियो”, उनले भने, “तर एउटा मात्र संस्थाको सेवासम्बन्धी कुरालाई स्वीकृत दिँदा अन्य वित्तीय संस्थामा पनि प्रभाव पर्दछ। त्यसैले उक्त प्रस्ताव अस्वीकार गरिएको हो।”


राष्ट्र बैंकले कर्मचारी सेवा शर्तसम्बन्धी नियमावली परिवर्तन गरी ३० वर्ष सेवा गरेका कर्मचारीलाई अनिवार्य अवकाश गर्ने स्वीकृत माग गरेको थियो। अहिले राष्ट्र बैंकमा कर्मचारीका लागि ५८ वर्ष उमेर हद कायम गरिएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell