PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मजबुत सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिबद्धः गृह मन्त्रालय



पहिलोपोस्ट

मजबुत सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिबद्धः गृह मन्त्रालय

काठमाडौँ : गृह मन्त्रालयले शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान गर्न पाउने जनताको हकको प्रत्याभूति गर्न गृह प्रशासन प्रतिबद्ध र तम्तयार रहेको जनाएको छ। 

गृह मन्त्रालका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदानको कार्यमा राजनीतिक दलका नेता, उम्मेदवार, मतदाता, कर्मचारी, नागरिक समाज र सञ्चारकर्मीलगायत सबै पक्षबाट सदा झैँ स्थानीय प्रशासनलाई आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरीएको उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, “मुलुक निर्वाचनमय भइसकेको वर्तमान अवस्थामा छिटफुट रुपमा देखिएका निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गर्दै राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारजगत् र आम जनसमुदायलाई मजबुत सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन सजग र संवेदनशील रहेको व्यहोरा पुनः स्मरण गराइन्छ।” 

मुलुकभरि निर्वाचनका राजनीतिक क्रियाकलाप साथै निर्वाचन व्यवस्थापनका सबै क्रियाकलापमा आवश्यकताबमोजिम सुरक्षा प्रदान गरिएको मन्त्रालयले  जनाएको छ । 

प्रथम चरणको निर्वाचन सुरक्षा व्यवस्थापनको क्रममा निर्वाचनपूर्व सुरक्षाको अन्तिम चरणका सुरक्षा कारबाही सञ्चालन भइरहेको तथा मतदानस्थलमा व्यवस्था गरिएको तीन घेरा सुरक्षा व्यवस्था र आवश्यकताबमोजिमको अन्य सुरक्षा तैनाथीहरु भइसकेको विज्ञप्तिमा उल्लेख छ । 

गृहले निरन्तर सूचना संकलन, विश्लेषण तथा आदानप्रदान र सोहीबमोजिमको पूर्वसावधानी तथा प्रतिरोधात्मक क्रियाकलाप समन्वयात्मक रुपमा कार्यान्वयन भइरहेको जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell