PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलीले भने -प्रचण्डले १०/१५ हजार भोटले नजित्ने हो भने एमालेलाई लाज हुन्छ 



राजेन्द्र आचार्य

ओलीले भने -प्रचण्डले १०/१५ हजार भोटले नजित्ने हो भने एमालेलाई लाज हुन्छ 

चितवनः : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताएका छन्। 

संयुक्त वाम गठबन्धनले  चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताए।

उनले कम्युनिष्ट सरकार बन्नेभयो भनेर नआत्तिन कांग्रेसलाई आग्रह गरे। चुनाव सार्ने योजनाका साथ चुनाव विरोधी गतिविधि भएको भन्दै ओलीले चुनाव कुनै पनि हालतमा सम्पन्न हुने बताए।

ओलीले देशव्यापी रुपमा उम्मेद्वारलाई आक्रमण हुँदा पनि सरकार आँखा चिम्लेर बसेको आरोपसमेत लगाए।

मतदातासँग भोट माग्दै ओलीले विगतलाई बिर्सिन र सानो चित्त नबनाउन आग्रह गरे।  उनले भने, ‘१० १५ हजार भोटले पुष्पकमल दाहाल प्रचण्ड नजित्ने हो भने एमालेलाई लाज हुन्छ कि हुँदैन ?'

‘अब ठाउँ बनाउने अभिभारा लिन्छु भनेर दुई पटक देश चलाइसक्नु भएका प्रचण्ड आउनु भएको छ’ प्रचण्ड र आफ्नो तर्फबाट प्रतिवद्धता जनाउँछु भन्दै उनले भने, ‘अब चितवनको विकास भयो भयो, अब कसैले रोक्न सक्दैन।’

यो चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र ग्रेटर चितवन बनाउने उनले बताए। कामचलाउ सरकारले कर्मचारी सरुवा गरेर चुनाव विरोधी गतिविधि वढाएको भन्दै ओलीले त्यसको प्रतिकार गर्ने चेतावनी दिए। कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित चितवन आएका थिए । कार्यक्रमलाई उनले सम्बोधन भने गरेनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell