PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण चितवनमा पाँच जनाको मृत्यु



पहिलोपोस्ट

स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण चितवनमा पाँच जनाको मृत्यु

चितवन : स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै चितवनमा पाँच जनाको मृत्यु भएको छ। 

योसहित चालु आर्थिक वर्षको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये दुई जना चितवनका छन् भने अरु सबै बाहिरी जिल्लाका छन्। 

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार मृत्यु हुनेमा एक बालक, चार बालिका र चार महिला छन्। कात्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको छ। असोजमा एक जना, भदौमा दुई जना र साउनमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमध्ये तीन जनाको स्क्रब टाइफस, दुई जनाको चिकनगुनिया, तीन जनाको स्क्रब टाइफस र चिकनगुनिया दुवै रोगको संक्रमण र एक जनाको स्क्रब टाइफस र डेंगु दुवै रोगको संक्रमण रहेको झाले जानकारी दिए। 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउनयता रगत परीक्षण गरिएका एक हजार ४८५ मध्ये ३५५ जनामा स्क्रब टाइफस देखिएको छ। 

यसै अवधिमा ५१ जनालाई डेंगु रोग संक्रमण भेटिएको छ । केसीका अनुसार उपचारका लागि आएका बिरामीमध्ये ९८० जनाको डेंगु परीक्षण गरिएको थियो।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell