PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भूकम्पको दृश्य फिल्म 'माइ लभ'को ट्रेलरमा



पहिलोपोस्ट

भूकम्पको दृश्य फिल्म 'माइ लभ'को ट्रेलरमा

काठमाडौं: जापानी निर्देशक डाक्टर तोसीअकी इतो निर्देशित नेपाली फिल्म 'माइ लभ'को ट्रेलर रिलिज भएको छ। सोमबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा धराहरा ढलेको दृश्य केन्द्रमा छ। साथै काठमाडौं र सहरमा रहेका सम्पदाहरुको महत्वलाई प्रस्तुत गर्न खोजिएको छ। फिल्म मङ्सिर २९ गते प्रदर्शन तयारीमा छ। फिल्मको प्रचारका लागि फिल्म युनिटले ट्रेलर रिलिज गरेको हो।

फिल्म क्रियशन नेपालको निर्माणमा बनेको माइ लभमा जापानी कलाकारहरुको युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायतको अभिनय रहेको छ। गौरी शंकर धुजुले खिचेको फिल्ममा भुकम्पको बेलामा संयमित हुने, पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानिसहरु र सबैमा माया प्रेम कसरी प्रकट गर्ने जस्ता विषय फिल्ममा रहेको छ।

भुकम्प पछि काठमाडौं महानगरभित्र देखिएको अस्तव्यस्तलाई फिल्ममा देखाइएको जानकारी दिइएको छ। फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको फिल्म माइ लभमा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell