PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने



पहिलोपोस्ट

मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने

लमजुङ :  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ। 

निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने अधिकारीहरुले बताएका छन्। मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछि नै गरिने बताइएको छ। 

सो अवधिमा मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सिसिटिभीको प्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए। 

लमजुङमा राजनीतिक दल तथा सञ्चारकर्मीसँग छलफल गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले शान्त, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell